
बैंकले दोस्रो त्रैमासमा निस्क्रिय कर्जा घटाए पनि १ करोड २३ लाख रुपैयाँ जोखिम ब्यहोर्ने कोषमा प्रोभिजन गरेर थप बलियो बनेको छ । निक्षेप र कर्जा विस्तार संतोषजनक रुपमा गरेको बैंकले ब्याज आम्दानी ४६ र संचालन नाफा ३२ प्रतिशतले बढाएको छ । २३ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७० करोड ७२ लाख रुपैयाँ हुनु अर्को सकारात्मक पक्ष हो ।
बैंकले गत बर्षको खुद नाफाबाट १५ प्रतिशत नगद लाभांश दिएको थियो भने ५० प्रतिशत हकप्रद दिने निर्णय पारित गराएको छ । बैंकको प्रति शेयर आम्दानी ६४.३८ पैसा पुगेको छ ।