लक्ष्मी क्यापिटलको ४० करोडको ईकाई बिक्री खुला, माग भन्दा बढी आबेदन पर्ने अनुमान

Feb 11, 2015 Mero Lagani



लक्ष्मी क्यापिटलले नेपालको पूँजी बजारलाई स्थायित्व र आधार प्रदान गर्न  बिहीबारदेखि ४० करोडको सामुहिक लगानी कोषको ईकाई बिक्री खुला गरेको छ ।

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलले १० रुपैयाँ मूल्यको चार करोड ईकाईको लक्ष्मी भ्यालु फण्ड १ को सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यसरी पूँजी बजारलाई आधार प्रदान गर्न आएको लक्ष्मी म्युचुअल फण्ड पाँचौ कम्पनी हो ।

यस अघि सिद्धार्थ क्यापिटल, नबिल ईन्भेष्टमेन्ट, एनएमबी क्यापिटल र एनआईबीएल क्यापिटलले यस्ता ईकाईहरु निश्काशन गरी अधिकांश कोष पूँजी बजारमा परिचालन गरिरहेका छन् । ईकाईको हिसावले लक्ष्मी म्युचुअल फण्ड छैटौं ईकाई हो ।

पाँच बर्षे बन्दमुखी लक्ष्मी भ्यालु फण्ड १ मा आबेदन गर्न चाहनेले कम्तिमा १०० ईकाईका लागि १० रुपैयाँको दरले रकम जम्मा गरी लक्ष्मी क्यापिटल र लक्ष्मी बैंकका शाखा कार्यालयहरुमा आबेदन बुझाउन सकिने जनाईएको छ । सर्वसाधारण लगानीकर्ताले बढीमा ४० लाख ईकाईसम्मका लागि आबेदन गर्न पाउने भएका छन् । बढी आबेदन परेमा कोषको आधार ५० करोडसम्म पुग्नुका साथै आबेदन लिने काम फागुन ६ गते नै बन्द हुने भएको छ ।


लक्ष्मी बैंकले प्रबद्र्दन गरेको कोष ब्यवस्थापकमा लक्ष्मी बैंकका सुमेद भट्टराईसहित छ जना, प्रमुख कार्यकारीमा राजीव सापकोटा र कोष सुपरीबेक्षकमा पूर्व सचिव डा भोलानाथ चालिसेसहितको समूह रहेको छ ।

शेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्थालगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन । बर्षेनी ईकाईधनीले लाभांश पाउनुकासाथै पाँच बर्षे अवधि समाप्त भएपछि जम्मा प्रतिफलसहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ ।


अर्कोतर्फ यस्ता कोषहरुले जम्मा भएको पूँजीको ८० प्रंतिशतसम्म रकम शेयर बजारमै लगानी गर्ने हुँदा पूँजी बजारलाई ठूलो आधार मिल्ने र स्थायित्व ल्याउने गरेको छ । यसअघिका चार वटा सामुहिक लगानी कोषहरुले शेयर बजारमा गरेको लगानीले हालैका दिनहरुमा राम्रा कम्पनीको शेयरको मूल्यमा बृद्दि देखिनुका साथै प्रतिकुल अबस्थामा पनि बजार धेरै तल खस्कनबाट रोकेको छ ।


यस अघि एनएमबी क्यापिटल र एनआईबीएल क्यापिटलले निश्किाशन गरेका ईकाईहरुमा अघिक आबेदन परेकाले लक्ष्मी क्यापिटलको ईकाईमा पनि त्यही घटनाक्रम दोहोरिने अपेक्षा गरिएको छ । बैंकहरुमा अधिक तरलता रहेको र लगानीकर्ताहरुमा मनोबल मध्यमस्तरको भएकोले माग गरिएको भन्दा बढी आबेदन पर्ने आँकलन गरिएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।