लौ छुट्याउँनुहोस् एलआईसी राम्रो कि नेशनल लाईफ ?

Feb 12, 2015 Mero Lagani



 

जीवन बीमा क्षेत्रका लाईफ ईन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी (NLICL)ले बिहीबार एकसाथ बित्तीय बिबरण प्रकाशित गरेपछि उनीहरुको प्रगति केलाउन लगानीकर्ताहरु उत्साहित भएका छन् ।

आक्रामक ढंगले जीवन बीमा अभियानमा अगाडि बढेको यी कम्पनीहरुको बित्तीय विवरणलाई तुलना गर्दा केही आधारभुत भिन्नताहरु देखिएका छन् ।

नेशनल लाईफको चुक्ता पूँजी धेरै देखिन्छ भने एलआईसीको कम छ । एलआईसीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रकम छ भने एलआईसीको १७ अर्ब ८२ करोड रकम छ ।

नेशनल लाईफले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सात करोड ८२ लाख कमाएर गत बर्षको सोही अबधिको तुलनामा ६३ प्रतिशतले बढाएको छ भने एलआइसी नेपालले दुई करोड १७ लाख मात्र खुद नाफा कमाएको छ जुन गत बर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले मात्र बृद्दि हो । नेशनल लाईफको जगेडा कोषमा ४३ करोड ५९ लाख छ भने एलआसीको यस्तो कोषमा ३५ करोड ३८ लाख रुपैयाँ छ । महाविपत्ति कोषमा नेशनल लाईफको तीन करोड ३३ लाख रुपैयाँ छ भने एलआईसीको तीन करोड ११ लाख मात्र छ ।

 

नेशनल लाईफले दोस्रो त्रैमाससम्ममा एक अर्ब ३४ करोड बीमा शुल्क आर्जन गर्यो भने एलआईसीले दुई अर्ब ३९ करोड बीमा शुल्क आर्जन गर्यो । बीमा दाबी भुक्तानीमा भने नेशनललाईले एलआईसी भन्दा झण्डै दोब्बर ४१ करोड ९१ लाख गरेको छ । नेशनल लाईफको बीमा लेखसंख्या २९९५३८ र ४४३३१८ छ । बोनस दरमा नेशनल लाईफ र एलआईसी दुबैको समान ६१ देखि ७५ रुपैयाँ छ ।


नेशनल लाईफको प्रति शेयर आम्दानी १९.९७ हुँदा शेयरको बजार मूल्य २४२० मात्र छ भने एलआईसीको प्रति शेयर आम्दानी ३.३० रुपैयाँ हुँदा शेयरको बजार मूल्य ३४४० रुपैयाँ छ । दुबै कम्पनीको दोस्रो त्रैमासको बित्तीय विवरणमा बिमांकीय मूल्याङकनबाट आउने हिसाव समाबेश छैन । यो समाबेश भएमा खुद नाफामा अरु बढोत्तरी हुनसक्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।