Thu, Apr 23, 2026
ईन्टरनेशनल डेभ्लपमेन्ट बैंकले लगानीकर्तालाई गत बर्षको खुद नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
६४ करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा छ करोड ६० लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १०.३२ कायम गरेको थियो । बैंकको जगेडा कोषमा १५ करोड रुपैयाँ रहेको छ । बोनस शेयर बैंकको चुक्ता पूँजी ७० करोड नाघ्ने छ ।
नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।