Mon, Nov 03, 2025
ईन्टरनेशनल डेभ्लपमेन्ट बैंकले लगानीकर्तालाई गत बर्षको खुद नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
६४ करोड चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक बर्षमा छ करोड ६० लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १०.३२ कायम गरेको थियो । बैंकको जगेडा कोषमा १५ करोड रुपैयाँ रहेको छ । बोनस शेयर बैंकको चुक्ता पूँजी ७० करोड नाघ्ने छ ।
सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।