
बीमांकीय मुल्याङकनबाट प्राप्त हुने हिसाव यस त्रैमासको बित्तीय विवरणमा समाबेश नभएकाले खुद नाफामा परिवर्तन हुनसक्ने अबस्था भने बाँकी नै छ ।
नेपाल लाईफNLICको एकीकृत आय ब्यय विवरण तर्फ तीन अर्ब ५३् करोड बीमा शुल्क संकलन गरेको छ भने जम्मा आय चार अर्ब ८५ करोड जम्मा आय गरेको छ । त्यसैगरी ४२ करोड ३० लाख बीमा दावी भुक्तानी गरेको छ भने जम्मा ब्यय एक अर्ब ६७ करोड भएको छ । कम्पनीले तीन अर्ब तीन करोड जीवन बीमा कोषमा सारेको छ भने एक अर्ब ४४ करोड नाफा नोक्सान हिसावमा सारेको छ ।
बोनस दर ६२ देखि ८२ रुपैयाँ रहेको कम्पनीले यस आर्थिक बर्षमा तीन अर्ब ६० करोड बीमा शुल्क आर्जन गरेको छ भने हालसम्म संकलन गरेको बीमा शुल्क २५ अर्ब ४१ करोड पुगेको जनाईएको छ । कमपनीको ब्यवस्थापन खर्च एक करोड ८० लाखबाट दुई करोड ८८ लाख रुपैयाँ पुगेको, सात करोड ४६ लाख गत बर्षको भन्दा बढी नोक्सानीका लागि ब्यवस्था गरेको लगायतका कारणले खर्चहरुमो मात्रा १९७ प्रतिशतले बढ्न जाँदा खुद नाफामा असर परेको पाईएको छ ।
एक अर्ब ८ करोड चुक्ता पूँजी रहेको कम्पनीको बीमांकीय मूल्याङकनबाट आउने नाफाबाहेक हिसाव गर्दा प्रति शेयर आम्दानी १८.५१ छ । कम्पनीको जगेडा कोषमा ६४ करोड, जीवन बीमा कोषमा २० अर्ब ३६ करोड र महाविपत्ति कोषमा ५५ करोड रुपैयाँ रहेको् छ । कम्पनीको बीमा लेख संख्या नौ लाख ८५ हजार भन्दा बढी रहेको छ । गत बर्षको दोस्रो त्रैमासको तुलनामा यस त्रैमाससम्ममा कम्पनीले बीमा लेखको संख्या एक लाख भन्दा बढीले बढाएको छ ।
Click here to see provisional financial statement from a second quarter of the fiscal year 2071/72.