आयो बरुण हाईड्रोको शेयर, एक हजार कित्तासम्म आबेदन गर्न पाईने

Feb 20, 2015 Mero Lagani



 

सर्वसाधारण लगानीकर्ताहरुलाई जलविद्युत क्षेत्रमा लगानीको अर्को अबसर आएको छ ।

संखुवासभाको हेवा खोलाबाट साढे चार मेगावाट विजुली उत्पादन गरिरहेको बरुण हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत अर्थात चार लाख ८६ हजार कित्ता शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरेको छ । 

 फागुन १७ गतेदेखि खरिद गर्न पाउने एक सय रुपैया प्रति कित्ताको सो शेयर सर्वसाधारणले कम्तिमा ५० कित्तादेखि एक हजार कित्तासम्म माग गर्न पाउँछन् । माग भन्दा बढी आबेदन परेमा फागुन २० गते नै आबेदन बन्द हुने जनाईएको छ । कम्पनीले विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणसँगको सम्झौता अनुसार राष्ट्रिय प्रसारणमा जोडिई सकेकाले लगानीले चाडै प्रतिफल पाउनसक्ने देखिएको छ । कम्पनी हालसम्म एक करोड २७ लाख घाटामा रहेको बिबरण पत्रमा उल्लेख गरिएको छ ।

 

चौबिस करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १० प्रतिशत शेयर भने संखुवासभाबासीलाई बांडिसकेको छ । शैलेन्द्र गुरागाई अध्यक्ष रहेको कम्पनीको संचालक समितिमा पूर्व सांसद डेढराज खड्का, डा. भोगन्द्र गुरागाँई, बासुदेव गिरी, अर्जुनप्रसाद गौतमलगायत सदस्य छन् ।

यस कम्पनीलाई गुरुप्रसाद न्यौपाने समूहले प्रबद्र्धन गरेको हो ।

सिभिल क्यापिटल मार्केट निश्काशन तथा बिक्री प्रबन्धक रहेको यस शेयरको आबेदन सिभिल क्यापिटल, कमलादी, बरुण हाईड्रोको कार्यालय अनामनगर, रियाबल डेभ्लपमेन्ट बैंकको ज्ञानेश्वर शाखा, जनता बैंकको नयाँ बानेश्वर, पोखरा, नेपालगंज, धनगढी शाखा, पाथिभरा बिकास बैंकको ईटहरी शाखा, बागमति बिकास बैंकको सर्लाही हरिवन शाखा, महालक्ष्मी फाईनान्स बीरगंज र साईन रेसुङगा बिकास बैंक बुटवलमा बुझाउन सकिने जनाईएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।