शतप्रतिशत साधारण शेयर भएको एभरेष्ट ईन्स्योरेन्सको डेढसय प्रतिशत हकप्रद दिने प्रस्ताव पारित

Feb 24, 2015 Merolagani



एभरेष्ट ईस्योरेन्सले दोस्रो पटक आब्हान गरेको बिशेष साधारणसभामार्फत डेढसय प्रतिशत हकप्रद दिने प्रस्ताव पारित गरेको छ । कमलपोखरीस्थित अग्रबाल भवनमा बसेको बिशेष साधारणसभामा कम्पनीको पूँजी बृद्दि गर्न १ः१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । दोस्रो पटक आब्हान गरिएको बिशेष साधारणसभामा कम्पनीका २५ प्रतिशत शेयर स्वामित्व लिएका ब्यक्तिहरु उपस्थित भएमा प्रस्ताव पारित हुने ब्यवस्था रहेकोमा ६० प्रतिशत शेयर स्वामित्व लिएका ब्यक्तिहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो

गत मंसिर २३ मा आब्हान गरिएको बिशेष साधारणसभामा गणपुरक संख्या नपुग्नुका साथै संचालकहरुबीचको बिबादका कारण रद्द भएको थियो । कम्पनीले हाल कायम एक शेयर बराबर साढे एक शेयरको आधारमा हकप्रद जारी गरेपछि चुक्ता पूँजी पच्चीस करोड पुग्ने छ । हाल दश करोड मात्र चुक्ता पूँजी रहेको सो कम्पनी प्रबद्र्दक रोजन्द्र खेतानको बदमासी, संचालकहरुबीचको बिबाद र चुक्ता पूँजी नपुगेका कारण बीमा समितिको कारबाहीमा परेको थियो ।
साधारणसभा आयोजना गर्ने क्रममा कम्पनीका संचालकहरुबीच बोनस शेयर जारी गर्ने कि हकप्रद जारी गर्ने भन्ने बिषयमा बिबाद देखिएको थियो । एभरेष्ट ईन्स्योरेन्सका सबै शेयरहरु साधारण शेयरमा रुपान्तरण भईसकेका छन् ।

यसैबीच कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय बिबरण सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफा गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा ७० प्रतिशतले घटेर ८७ लाख रुपैयाँ मात्र कमाएको छ । कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ छ भने जगेडा कोषमा ११ करोड र बीमा कोषमा चार करोड ८८ लाख मात्र छ । जारी बीमा लेखको संख्या बढे पनि कुल बीमा शुल्क आर्जन रकम घटेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।