किन पक्राउ परे कुमारी बैंकका प्रमुख कार्यकारी ?

Feb 26, 2015 Mero Lagani



 

कुमारी बैंकका प्रमुख कार्यकारी उदयकृष्ण उपाध्यायलाई नेपाल प्रहरीले पक्राउ गरेपछि बैंकिङ क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ ।

प्रहरीले कारण नै स्पष्ट नगरी उपाध्यायलाई राजधानीको एक होटलबाट पक्राउ गरेर मंगलबार काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको भए पनि पक्राउ गर्नुको कारण खुलाएको छैन । 

प्रहरीले सामाजिक भावना विपरित कायम गरेकोले सार्वजनिक अपराध ऐन अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताईएको छ । उनको नक्कली नाममा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराउनुले घटनालाई झन् रहस्यमय बनाईदिएको छ । देशको प्रतिष्ठित बैंकका प्रमुख कार्यकारीलाई पक्राउ गर्नु, त्यसमाथि झन् नक्कली नाम राखेर जिल्ला प्रशासनबाट म्याद थप गर्नुको कारण नेपाल बैंकर्स संघका अधिकारीहरुलाई पनि थाहा हुन नसकेको बुझिएको छ । नयाँ बानेश्वर प्रहरी बृत्तका एक प्रहरी अधिकारीले उदयकृष्ण उपाध्याय भन्ने ब्यक्तिलाई पक्राउ नै नगरिएको दावी गरे ।


कुमारी बैंकका कम्पनी सचिवले प्रमुख कार्यकारी पक्राउ परेको जानकारीमा आएपछि आफुहरुले प्रहरीमा सम्पर्क गरेको र सामान्य विषयमा पक्राउ गरिएको जानकारी पाएको बताउनुभयो । स्रोतका अनुसार प्रमुख कार्यकारी उपाध्यायले आफु परिबन्दमा परेको र चाडै छुट्ने जानकारी बैंकलाई गराएका छन् । उपाध्याय गत ३ फागुनदेखि बार्षिक १५ दिने बिदामा बसेको कुमारी बैंकले जनाएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।