प्रभु बैंकले पहिले प्रस्ताव गरेको हकप्रदको अनुपातलाई १० बाट बढाएर २० पुर्याएको समाचार बाहिर आएपछि त्यस बैंकको मात्रै चार करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ । सो बैंकको साधारण शेयर मूल्य चार प्रतिशतले बढेको छ भने प्रोमोटर शेयर पनि १० प्रतिशतले मूल्य बढेर ११० मा अन्तिम कारोबार भएको छ ।
प्रभु बैंकले निस्क्रिय कर्जा असुली तीब्र बनाएको र आगामी दिनहरुमा बैंकको अबस्था झनै बलियो हुने संकेत पाएका लगानीकर्तालाई हकप्रद शेयरको अनुपात बढाईएकाले झनै हौसला मिलेको देखिएको छ ।
यस दिन सिद्दार्थ बिकास बैंक, रिलायवल बिकास बैंक र नेको ईन्स्योरेन्सको शेयर मूल्य अधिक रुपमा बढ्यो भने निलगिरी बिकास बैंक, कालिन्चोक बिकास बैंक र महाकाली बिकास बैंकको शेयर मूल्य सर्वाधिक रुपमा घट्यो ।
एमाओबादीसहितको तीस दलीय मोर्चाले फागुन १६ गते काठमाडौमा सभा गरेपछि दलहरुबीच सहमति हुने आशामा लगानीकर्ताहरुले शेयर खरिद बढाएको आभाष मिलेको छ । कारोबारको अन्तिम समयतिर आएर नेप्सेमा केही उछाल देखिनुलाई यही रुपमा बुझ्न सकिन्छ ।