अन्तिम दिनको शेयर कारोबारमा किन हौसिए लगानीकर्ता ?

Feb 26, 2015 Merolagani



 


नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिनको कारोबारमा नेप्से ८.६५ अंकले बढोत्तरी हुनुका साथै कारोबार रकम अघिल्लो दिनको भन्दा एक करोडले बढेर १८ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस दिन एक करोड भन्दा बढीको शेयर कारोबार गर्ने कम्पनीमा प्रभु बैंक मात्रै रह्यो ।

प्रभु बैंकले पहिले प्रस्ताव गरेको हकप्रदको अनुपातलाई १० बाट बढाएर २० पुर्याएको समाचार बाहिर आएपछि त्यस बैंकको मात्रै चार करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ । सो बैंकको साधारण शेयर मूल्य चार प्रतिशतले बढेको छ भने प्रोमोटर शेयर पनि १० प्रतिशतले मूल्य बढेर ११० मा अन्तिम कारोबार भएको छ ।

प्रभु बैंकले निस्क्रिय कर्जा असुली तीब्र बनाएको र आगामी दिनहरुमा बैंकको अबस्था झनै बलियो हुने संकेत पाएका लगानीकर्तालाई हकप्रद शेयरको अनुपात बढाईएकाले झनै हौसला मिलेको देखिएको छ ।
यस दिन सिद्दार्थ बिकास बैंक, रिलायवल बिकास बैंक र नेको ईन्स्योरेन्सको शेयर मूल्य अधिक रुपमा बढ्यो भने निलगिरी बिकास बैंक, कालिन्चोक बिकास बैंक र महाकाली बिकास बैंकको शेयर मूल्य सर्वाधिक रुपमा घट्यो ।

एमाओबादीसहितको तीस दलीय मोर्चाले फागुन १६ गते काठमाडौमा सभा गरेपछि दलहरुबीच सहमति हुने आशामा लगानीकर्ताहरुले शेयर खरिद बढाएको आभाष मिलेको छ । कारोबारको अन्तिम समयतिर आएर नेप्सेमा केही उछाल देखिनुलाई यही रुपमा बुझ्न सकिन्छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।