फस्ट माईक्रो र गरिमा बिकास बैंकको हकप्रद शेयर निश्काशन

Feb 27, 2015 Merolagani



फस्ट माईक्रोफाईनान्स डेभ्लपमेन्ट बैंक र गरिमा बिकास बैंकले आफप्ना लगानीकर्ताहरुका लागि हकप्रद शेयर निश्काशन गरेको छ । फस्ट माईक्रोले हाल कायम एक शेयर बराबर नयाँ एक शेयरको दरले र गरिमाको हाल कायम चार शेयर बराबर नयाँ एक शेयरका लागि आबेदन गर्न पाउने गरी हकप्रद शेयर निश्काशन गरेका हुन् । दुबै कम्पनीका लगानीकर्ताले आगामी चैत्र १९ गतेसम्म आफ्नो हकमा परेको शेयरका लागि प्रति शेयर एक सयका दरले रकम बुझाई आबेदन गरिसक्नुपर्ने भएको छ ।

फस्ट माईक्रोको लगानीकर्ताले नबिल ईन्भेष्टमेन्ट नारायणचौर नक्साल र फस्ट मार्इृक्रोका कार्यालयमा र गरिमाका लगानीकर्ताहरुले एस क्यापिटल, एस डेभ्लपमेन्ट बैंक र गरिमाका शाखा कार्यालयहरुमा निबेदन पेश गर्न सक्नेछन् ।
हकप्रद जारीपछि गरिमाको चूक्ता पूँजी ५५ करोड र फस्ट माईक्रोको २० करोड नाघ्ने छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।