फस्ट माईक्रो र गरिमा बिकास बैंकको हकप्रद शेयर निश्काशन

Feb 27, 2015 Merolagani



फस्ट माईक्रोफाईनान्स डेभ्लपमेन्ट बैंक र गरिमा बिकास बैंकले आफप्ना लगानीकर्ताहरुका लागि हकप्रद शेयर निश्काशन गरेको छ । फस्ट माईक्रोले हाल कायम एक शेयर बराबर नयाँ एक शेयरको दरले र गरिमाको हाल कायम चार शेयर बराबर नयाँ एक शेयरका लागि आबेदन गर्न पाउने गरी हकप्रद शेयर निश्काशन गरेका हुन् । दुबै कम्पनीका लगानीकर्ताले आगामी चैत्र १९ गतेसम्म आफ्नो हकमा परेको शेयरका लागि प्रति शेयर एक सयका दरले रकम बुझाई आबेदन गरिसक्नुपर्ने भएको छ ।

फस्ट माईक्रोको लगानीकर्ताले नबिल ईन्भेष्टमेन्ट नारायणचौर नक्साल र फस्ट मार्इृक्रोका कार्यालयमा र गरिमाका लगानीकर्ताहरुले एस क्यापिटल, एस डेभ्लपमेन्ट बैंक र गरिमाका शाखा कार्यालयहरुमा निबेदन पेश गर्न सक्नेछन् ।
हकप्रद जारीपछि गरिमाको चूक्ता पूँजी ५५ करोड र फस्ट माईक्रोको २० करोड नाघ्ने छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।