नेशनल लाईफले ३० प्रतिशत बोनससहित ३८ प्रतिशत लाभांश दिने

Mar 02, 2015 Merolagani



 

जीवन बीमा क्षेत्रको नेशनल लाईफ ईन्स्यारेन्सले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयरसहित ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समिति बैठकले लगानीकर्तालाई ३० प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउने छन् ।

नेशनल लाईफले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सात करोड ८२ लाख कमाएर गत बर्षको सोही अबधिको तुलनामा ६३ प्रतिशतले बढाएको छ । जगेडा कोषमा ४३ करोड ५९ लाख र महाविपत्ति कोषमा तीन करोड ३३ लाख रुपैयाँ छ ।

नेशनल लाईफले दोस्रो त्रैमाससम्ममा एक अर्ब ३४ करोड बीमा शुल्क आर्जन गर्यो भने बीमा दाबी

 

 

 

 

 

 

 

 

 

 

 

 

भुक्तानीमा ४१ करोड ९१ लाख गरेको छ । नेशनल लाईफको बीमा लेखसंख्या २९९५३८ र बोनस दरमा  ६१ देखि ७५ रुपैयाँ छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 नेशनल लाईफको प्रति शेयर आम्दानी १९.९७ हुँदा शेयरको बजार मूल्य २५०० रुपैयाँ मात्र छ । कम्पनीको दोस्रो त्रैमासको बित्तीय विवरणमा बिमांकीय मूल्याङकनबाट आउने हिसाव समाबेश छैन । यो समाबेश भएमा खुद नाफामा अरु बढोत्तरी हुनसक्छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।