बरुण हाईड्रो र जनउत्थान लघुवित्तको शेयर पाउनु भाग्योदय चिठ्ठा जस्तै हुने

Mar 09, 2015 Merolagani

 

मध्य फागुनमा सार्वजनिक निश्काशन भएका बरुण हाईड्रो र जनउत्थान लघुवित्त बिकास बैंकको शेयर पाउनु भाग्योदय चिठ्ठा पर्नु जस्तै हुने भएको छ । चार लाख ८६ हजार कित्ता बरुण हाईड्रोको साधारण शेयरका लागि एक सय गुणा भन्दा बढी र ९० हजार कित्ता जनउत्थान लघुवित्तको शेयरका लागि तीन सय ५५ गुणा बढी रकम बराबरको आबेदन परेपछि यस्तो स्थिति देखिएको हो । 

धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाए अनुसार बरुण हाईड्रोमा चार अर्ब ४० करोड रुपैयाँ जम्मा गरी एक लाख पाँच हजार जनाले शेयर माग गरेका छन् । सिभिलका अनुसार बरुण हाईड्रोमा एकसय गुणा बढी आबेदन परेको छ । सिभिल क्यापिटलले बढीमा ५० दिन भित्रमा शेयर बांडफाँड भईसक्ने जनाएको छ ।
उता, जनउत्थानको धितोपत्र निश्काशन तथा बिक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले ९० हजार कित्ताका लागि दुई अर्ब ९५ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । यो आबश्यक भन्दा तीनसय ५५ प्रतिशत बढी हो ।
अत्यधिक बढी आबेदन परेकाले चिठ्टा प्रणाली अनुसार बांडफाँड हुने संभावना बढेको छ ।

चौबिस करोड रुपैयाँ चुक्ता पूँजी रहेको बरुण हाईड्रोले १० प्रतिशत शेयर भने संखुवासभाबासीलाई बांडिसकेको छ । शैलेन्द्र गुरागाई अध्यक्ष रहेको कम्पनीको संचालक समितिमा पूर्व सांसद डेढराज खड्का, डा। भोगन्द्र गुरागाँई, बासुदेव गिरी, अर्जुनप्रसाद गौतमलगायत सदस्य छन् । यस कम्पनीलाई गुरुप्रसाद न्यौपाने समूहले प्रबद्र्धन गरेको हो ।
जन उत्थान सामुदायिक लघुवित्त बिकास बैंकको चुक्ता पूँजी हाल एक करोड १० लाख रहेकोमा साधारण शेयर निश्काशनपछि दुई करोड पुग्नेछ । बैंकको सात वटा शाखाहरु छन् ।

comments powered by Disqus