यस्ता कम्पनीको शेयर किन्दा जोखिमबाट बच्न सकिन्छ

Mar 10, 2015 Merolagani



धितोपत्र बजारमा लगानी गर्दा लगानीकर्ताले कम्पनीले गरेको नाफा र लाभांश बाड्नसक्ने अबस्था मात्रै हेरेर हुँदैन, जोखिमको अबस्था पनि उत्तिकै विचार गर्नुपर्छ । राम्रा र बढी नाफा गर्ने कम्पनीहरुको शेयर मूल्य आकाशिनु स्वभाविक हुन्छ तर मूल्य घट्न थाल्दा त्यस्ता कम्पनीहरुको शेयर मूल्य पनि डरलाग्दो किसिमले घट्नसक्छ । प्राथमिक शेयर निश्काशनमा जति शेयर आबेदन गरे पनि खासै जोखिम ब्यहोर्नु पदैन भने दोस्रो बजारमा शेयर किन्दा जोखिम र कम्पनीको अबस्था राम्ररी केलाउनुपर्छ । 

केही बर्ष पहिले स्टान्डर्ड चार्टर्ड बैंकलाई निकै सुरक्षित मान्दै त्यसको शेयर मूल्य सात हजार रुपैयाँ नाघेको बेला आँखा चिम्लेर लगानी गर्नेहरुले अहिलेसम्म पनि लगानी रकम उठाउँन सकेका छैनन् भने छ महिना अघि चिलिमे जलविद्युतको शेयर प्रति कित्ता दुई हजार सात सय रुपैयाँ हाराहारीमा उठाउनेहरुलाई बोनस शेयर र नगद लाभांश खाएर पनि अझै घाटा छ । उसो भए जोखिम कम हुने शेयर के होला त ? मेरोलगानी डटकमको विश्लेषण ः

लगानीकर्ताहरुले शेयर मूल्य कम, आम्दानी मध्यम र शेयर संख्या थोरै रहेका कम्पनीहरुको शेयरमा लगानी गर्दा जोखिम कम ब्यहोर्नु परेको देखिएको छ । अहिलेको अबस्थामा बाणिज्य बैंकहरुको बारेमा चर्चा गर्ने हो भने सात सय रुपैयाँ भन्दा कम मुल्य भएका बाणिज्य बैंकहरु लगानीकर्ताका लागि उपयुक्त रोजाई हुनसक्छन् । चुक्ता पूँजी साढे दुई अर्ब नकटाएका, प्रति शेयर आम्दानी १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म भएका, निस्क्रिय कर्जा अनुपात तीन प्रतिशत भन्दा तल रहेका र क्रमबद्ध रुपमा प्रगति गर्दै आएका, बीचमा समस्यामा परे पनि सुधारिँदै गएका बाणिज्य बैंकहरु कम जोखिमपूर्ण छन् । यी कम्पनीहरुले आगामी बर्षको साधारणसभामा कम्तिमा १५ प्रतिशत लाभांश बाड्नसक्ने, नगद लाभांश कम र बोनस शेयर नै बढी दिनसक्ने भएकाले लगानीकर्तालाई बढी फाईदा हुनसक्छ ।

   

                         पूँजी र नाफा कमार्इ

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शेयर बजार कुनै कारणले तल झर््यो भने पनि यस्ता कम्पनीहरुको शेयर मूल्य केही तल त हुनसक्छ तर त्यसकोे क्षति लाभांशले परिपुर्ति गरिदिन्छ । शेयर बजार माथि जाँदा यस्ता शेयरको मूल्य दोब्बर हुने संभावना पनि उत्तिकै रहन्छ । एक बर्ष अगाडि दुइृसय रुपैयाँको हाराहारीमा पाईने राम्रा बाणिज्य बैंकको शेयर र्अिहले चारसय रुपैयाँको हाराहारीमा छ । फेरि पनि बजारले फड्को मार्दा सबैभन्दा धेरै कमाउने यिनै बैंकका लगानीकर्ताले हुन् । लगानी कम, धेरै कित्ता शेयर र मूल्य बढ्दा आम्दानी पनि धेरै हुने भएकाले मध्यमस्तरका बाणिज्य बैंकहरु उपयुक्त छनौट हुनसक्छ ।


पछिल्लो समय एकपछि अर्को गर्दै पूँजी बजारमा आएका सामुहिक लगानी कोषले यिनै मध्ममस्तरका बाणिज्य बेंकका शेयरहरु ठूलो र उल्लेखनीय परिमाणमा उठाउनुको कारण पनि जोखिम मूल्याड.कन र लाभांशको आँकलन हो । किन उनीहरुले नबिल, स्टान्डर्ड चार्टर्ड जस्ता बैंकहरुको शेयर ठूलो परिमाणमा किनेनन् भन्ने कुरा यसैले देखाउँछ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।