हामी कहाँ टेडिंग भएका संस्थामा नामसारी नहुने हो भने सो संस्था हाम्रो मातहतमा रहिरहनुको कुनै औचित्य हुदैन । त्यही कारण नेप्सेको शेयर कारोवार रोक्का गरेका हौं– थपलियाले भन्नुभयो ।
नामसारी बिबाद समाधान नगरेसम्म कारोवार रोकिने थपलियाको भनाई छ ।
धेरै सेयरको नामसारी र हस्ताक्षर प्रमाणिकरणमा ढिला सुस्ति गरेको लगानीकर्ताको गुनासोको आधारमा नेप्सेले कोषसँंग यस अगाडि पनि जवाफ मागेको थियो । नागरिक लगानी कोषका प्रवक्ता शुसिल कुमार अर्यालले समस्या चाडो सुल्टाउने प्रतिक्रिया दिनुभयो ।
सरकारी स्वामित्व भएको कार्यालय भएकाले शेयर लगानीकर्ताको काममा छिटो छरितो सेवा नदिने रोग यहाँ
पनि छ । अर्कोतर्फ कम्पनीका अधिकांश कर्मचारी हाल माथिल्लो तामाकोशीको शेयर आबेदन संकलन प्रक्रियामा लागेकोले कोषको अरु काम अस्तब्यस्त नै भएको छ ।
कामको चटारोले कोषले आफुले दिन सेवा छिटो छरितो गर्ने र कर्मचारीको कार्यक्षमता बढाउने तिर ध्यान दिन सकेको छैन । चिलिमे, माथिल्लो तामाकोशी जस्ता ठूला आयोजनाको शेयर निश्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको काम गर्दै आएको कोषले लुम्बिनी बैंक, तिनाउ बिकास बैंक र आफ्नै सेयर रजिष्ट्रारको काम समेत गरिरहेको छ । त्यसमाथि झन् हालै जलविद्युत लगानी तथा बिकास कम्पनीको दुई अर्ब रुपैयाँको शेयर समेत निश्काशन तथा बिक्री प्रबन्धकको जिम्मा लिएको छ ।