मुक्तिनाथ बिकास बैंकले सिभिकलाई किन्यो

Mar 14, 2015 Merolagani



कास्कीको मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिड।को सिभिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
२०६३ साल पौष १९ गते देखि कारोवार सञ्चालन गरेको मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङ्ग जिल्लामा केन्द्रीय कार्यालय रही मिति २०६६ साल श्रावण २९ गते देखी कारोवार सञ्चालन गर्दै आएको सिभिक डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्विजिशन गरी रष्ट्रियस्तरको बिकास बैक बन्न लागेको हो ।

दुबै बैंकले समझदारी पत्रमा सैद्धान्तिक सहमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गरेका छन् । संस्था प्राप्ति सम्वन्धी अन्तिम सहमतीपत्रमा हस्ताक्षर गरे पश्चात मुक्तिनाथ विकास बैंक लिमिटेडको नामवाट एक राष्टिैय स्तरको विकास बैंकको रुपमा कारोवार गर्ने र बैंकको अबस्था अरु सबल हुने जनार्इएको छ ।मुक्तिनाथले सिभिकक किन्दाको स्वाप रसियो भने खुलाईएको छैन ।


हाल मुक्तिनाथ विकास बैंक लिमिटेडको ५९ करोड ९० लाख २५ हजार चुक्ता पूँजी रहेको छ भने सिभिक डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ५ करोड रहेको छ । मुक्तिनाथ विकास बैंकका कुल कर्मचारी संख्या ४५० र सिभिक डेभलपमेन्ट बैंकका ५० जना कर्मचारी गरि बैंक प्राप्ती पश्चात कुल कर्मचारी संख्या ५०० रहने छ ।
हाल मुक्तिनाथ विकास बैंंकका आधुनिक बैंकिङ्ग तथा सिमित बैंकिङ्ग कार्यालय गरि कुल ४० वटा शाखा कार्यालयहरु र सिभिक डेभलपमेन्ट बैंकका लघुवित्त कार्यालय सहित ८ वटा शाखा कार्यालयहरु रहेका छन ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।