नेप्सेको प्रारम्भिक छानविनमा परेका शेयर दलाललाई कारोबार फुकुवा, नेप्से घट्दो क्रममा रहे पनि कारोबार रकम बढ्यो

Mar 16, 2015 merolagani



नेपाल स्टक एक्सचेन्जले नक्कली शेयर कारोबार भएको भन्दै प्रारम्भिक छानविनको घेरामा राखेको ७ नम्बर शेयर दलाल जेएफ सेक्युरिटिज र २२ नम्बर शेयर दलाल सिप्रबि सेक्युरिटिजलाई शेयर किनबेच फुकुवा भएको छ । नेप्सेले सूचना जारी गरी ती दुबै कम्पनीको शेयर कारोबार सुरु भएको जनाएको हो । 


नक्कली शेयर प्रमाण पत्रको कारोबार भएको उजुरी परेपछि नेप्सेले चार शेयर दलालको कारोबार गत बिहीबारदेखि रोक्का गरेको थियो । प्रारम्भिक छानविन सकिएकाले ती दुईको कारोबार फुकुवा गरिएको र बाँकी दुई शेयर दलाललाई लगाईएको बन्देज पनि चाडै नै फुकुवा हुने संकेत नेप्सेले दिएको छ ।


शेयर बजारमा नेशनल हाईड्रो, चिलिमे र सानिमा माई जलविद्युतको नक्कली शेयर प्रमाण पत्र बनाई गोविन्द घिमिरे नामका लगानीकर्ताले शेयर दलाल कम्पनीहरुबाट कारोबार गरिएको भेटिएको जनाईएको छ । यसबारे सम्बन्धित शेयर दलाल कम्पनीहरुले नै केही समय अघि नेप्सेमा उजुरी दिएकोमा हाल आएर मात्र छानविन गरिएको छ । प्रहरीले नक्कली शेयर बेचबिखनमा संलग्न केही ब्यक्तिलाई पक्राउ गरिसकेको छ ।


यसैबीच सोमबार पनि शेयर बजार घट्ने क्रम जारी रह्यो । नेप्सेमा साढे ११ अंकले कमी आई ९५९ मा झरेको छ भने कारोबार रकम आईतबारको भन्दा ६ करोडले बढेर १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  राजनीतिक अन्योल र शेयर दलालमाथि नेप्सेको छानविनले शेयर बजार प्रभावित देखिएको हो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।