नेप्सेको प्रारम्भिक छानविनमा परेका शेयर दलाललाई कारोबार फुकुवा, नेप्से घट्दो क्रममा रहे पनि कारोबार रकम बढ्यो

Mar 16, 2015 merolagani



नेपाल स्टक एक्सचेन्जले नक्कली शेयर कारोबार भएको भन्दै प्रारम्भिक छानविनको घेरामा राखेको ७ नम्बर शेयर दलाल जेएफ सेक्युरिटिज र २२ नम्बर शेयर दलाल सिप्रबि सेक्युरिटिजलाई शेयर किनबेच फुकुवा भएको छ । नेप्सेले सूचना जारी गरी ती दुबै कम्पनीको शेयर कारोबार सुरु भएको जनाएको हो । 


नक्कली शेयर प्रमाण पत्रको कारोबार भएको उजुरी परेपछि नेप्सेले चार शेयर दलालको कारोबार गत बिहीबारदेखि रोक्का गरेको थियो । प्रारम्भिक छानविन सकिएकाले ती दुईको कारोबार फुकुवा गरिएको र बाँकी दुई शेयर दलाललाई लगाईएको बन्देज पनि चाडै नै फुकुवा हुने संकेत नेप्सेले दिएको छ ।


शेयर बजारमा नेशनल हाईड्रो, चिलिमे र सानिमा माई जलविद्युतको नक्कली शेयर प्रमाण पत्र बनाई गोविन्द घिमिरे नामका लगानीकर्ताले शेयर दलाल कम्पनीहरुबाट कारोबार गरिएको भेटिएको जनाईएको छ । यसबारे सम्बन्धित शेयर दलाल कम्पनीहरुले नै केही समय अघि नेप्सेमा उजुरी दिएकोमा हाल आएर मात्र छानविन गरिएको छ । प्रहरीले नक्कली शेयर बेचबिखनमा संलग्न केही ब्यक्तिलाई पक्राउ गरिसकेको छ ।


यसैबीच सोमबार पनि शेयर बजार घट्ने क्रम जारी रह्यो । नेप्सेमा साढे ११ अंकले कमी आई ९५९ मा झरेको छ भने कारोबार रकम आईतबारको भन्दा ६ करोडले बढेर १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।  राजनीतिक अन्योल र शेयर दलालमाथि नेप्सेको छानविनले शेयर बजार प्रभावित देखिएको हो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।