गभर्नरमा नेपाल आउने संकेतले शेयर बजार समेत सकारात्मक

Mar 19, 2015 Merolagani



 

साताको अन्तिम दिनको शेयर कारोबारमा पनि पूँजी बजारको बिकासमा सकारात्मक मत राख्ने नयाँ गभर्नर नियुक्तिको संकेतले प्रभावित भएको छ । नयाँ गभर्नरमा डा. चिरन्जििव नेपाल नियुक्त हुने पक्का भएको संकेत पाएपछि बिहीबार लगानीकर्ताहरुले बजारबाट शेयर उठाउने क्रम बढाए ।

यसैको प्रभावले नेप्से ३.३८ अंकले बढेर ९६७.६२ पुगेको छ भने कारोबार रकम अघिल्लो दिनको भन्दा सामान्य रुपमा बढेर २० करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यसदिन नबिल, एशियन लाईफ र नेपाल लाईफको प्रोमोटर शेयरको कारोबारले कुल कारोबारलाई उचाल्न सहयोग गरेको छ । बिहीबार जलविद्युत, उत्पादन र बैंकिङ समूहमा धेरै सुधार देखिएको छ ।

यस दिन हाम्रो बिकास बैंक, मन्जुश्री फाईनान्स र मल्टिप्रपोज फाईनान्सका शेयर मूल्य झण्डै १० प्रतिशतले बढे भने गुहेश्वरी मर्चेन्ट बैंक, प्रिमियर ईन्स्योरेन्स र नेपाल आबास फाईनान्सका लगानीकर्ताले धेरै गुमाए ।