प्रमुख कार्यकारी छान्न बैंक संचालक समितिले अर्थ मन्त्रालयका प्रबक्ता मधुसुदन पोख्रेल, जनार्दन आचार्य, डम्बर भण्डारी र सुरेन्द्रबहादुर सिंहसहितको समिति बनाएको थियो । सो समितिले प्रमुख कार्यकारीका लागि आबेदन दिएका मध्ये कुमार लम्साल, छविराज पन्त र देबेन्द्रप्रताप शाहलाई संक्षिप्त सूचीमा पारेको थियो ।
अर्थमन्त्री महतले शाह आफ्नो मान्छे भएको भन्दै जसरी भएपछि उनैलाई प्रमुख कार्यकारी बनाउनुपर्ने दबाब दिईरहेको सुत्रले मेरोलगानी डटकमलाई बताएको छ ।
शाह २०५३ देखि २०५८ सालसम्म कृषि बिकास बैंकमा प्रमुख कार्यकारी हुँदा ३६ प्रतिशत निस्क्रिय कर्जा पुर्याएर ईतिहास कायम गरेका थिए । उनी ६० बर्ष भन्दा बढी उमेर कटेका ब्यक्ति समेत हुन् । कुमार लम्साल भने हालै प्रभु बैंकबाट आकर्षक सेवा सुबिधा लिएर प्रमुख कार्यकारीबाट बिदा लिएका थिए । उनी सानिमा बैंकको प्रमुख कार्यकारी हुँदा सबैभन्दा कम निस्क्रिय कर्जा भएको बैंक बनाउन सफल भएका थिए । त्यस्तै पन्त भने नेपाल एसबीआई बैंक छाडेका ब्यक्ति हुन् ।
नेपाल बैंक सुधारिएर निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा तल आएको अबस्थामा शाहलाई नियुक्त गरिए फेरि धरासायी हुने आशंका बढेको नेपाल बैंकका कर्मचारीहरु बताउँछन् ।
यो पनि पढ्नुहोस
यस्तो बन्यो नेपाल बैंकको संचालक समिति