कृषि बिकास बैंकमा खराब ईतिहास रच्नेलाई नेपाल बैंकमा कार्यकारी बनाउन अर्थमन्त्रीको दबाब

Mar 25, 2015 Merolagani



नेपाल राष्ट्र बैंकले सुधारेर साधारणसभा गराई निर्वाचित संचालक समितिलाई हस्तान्तरण गरेको नेपाल बैंकमा असक्षमलाई प्रमुख कार्यकारी बनाउन अर्थमन्त्री डा रामशरण महतले तीब्र दबाब दिएका छन् । बैंकले प्रमुख कार्यकारी छान्न गठन गरेको चार सदस्यीय समितिलाई महतले आफ्ना मान्छेलाई  प्रमुख कार्यकारी बनाउन तीब्र दबाब दिएको बुझिएको छ ।

प्रमुख कार्यकारी छान्न बैंक संचालक समितिले अर्थ मन्त्रालयका प्रबक्ता मधुसुदन पोख्रेल, जनार्दन आचार्य, डम्बर भण्डारी र सुरेन्द्रबहादुर सिंहसहितको समिति बनाएको थियो । सो समितिले प्रमुख कार्यकारीका लागि आबेदन दिएका मध्ये कुमार लम्साल, छविराज पन्त र देबेन्द्रप्रताप शाहलाई संक्षिप्त सूचीमा पारेको थियो ।
अर्थमन्त्री महतले शाह आफ्नो मान्छे भएको भन्दै जसरी भएपछि उनैलाई प्रमुख कार्यकारी बनाउनुपर्ने दबाब दिईरहेको सुत्रले मेरोलगानी डटकमलाई बताएको छ ।


शाह २०५३ देखि २०५८ सालसम्म कृषि बिकास बैंकमा प्रमुख कार्यकारी हुँदा ३६ प्रतिशत निस्क्रिय कर्जा पुर्याएर ईतिहास कायम गरेका थिए । उनी ६० बर्ष भन्दा बढी उमेर कटेका ब्यक्ति समेत हुन् । कुमार लम्साल भने हालै प्रभु बैंकबाट आकर्षक सेवा सुबिधा लिएर प्रमुख कार्यकारीबाट बिदा लिएका थिए । उनी सानिमा बैंकको प्रमुख कार्यकारी हुँदा सबैभन्दा कम निस्क्रिय कर्जा भएको बैंक बनाउन सफल भएका थिए । त्यस्तै पन्त भने नेपाल एसबीआई बैंक छाडेका ब्यक्ति हुन् ।


नेपाल बैंक सुधारिएर निस्क्रिय कर्जा पाँच प्रतिशत भन्दा तल आएको अबस्थामा शाहलाई नियुक्त गरिए फेरि धरासायी हुने आशंका बढेको नेपाल बैंकका कर्मचारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस

यस्तो बन्यो नेपाल बैंकको संचालक समिति




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।