भिबोर क्यापिटल खरिदबारे सोमबार सम्झौता हुने कार्यक्रम रहेको बैंक स्रोतले जनाएको छ । समस्यामामा परेको भिबोर बिकास बैंकले क्यापिटललाई संचालन गर्न नसकेपछि प्रभु बैंकलाई बेच्न तयार भएको हो ।
साधारणसभाले बैंकको चुक्ता पूँजी तीन अर्ब २० करोडबाट तीन अर्ब ८५ करोड पुर्याउँन २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकका प्रमुख कार्यकारी अशोक शेरचनका अनुसार हकप्रद शेयर निश्काशनको क्रममा ग्रेडिड. गर्न ईक्रा नेपालमा आबेदन दिईसकेकोले त्यहाँबाट प्रक्रिया पुरा भएपछि हकप्रद निश्काशनको थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।
साधारणसभाले कुसुम लामा र पुष्पबहादुर प्रधानलाई सर्बसाधारण शेयरधनीको तर्फबाट संचालक चयन गरेको छ । त्यस्तै ग्राण्ड बैंक लगायतका कम्पनीहरुलाई एक्विजिन गर्न आबश्यक पर्ने सम्पूर्ण अख्तियारी पनि संचालक समितिलाई साधारणसभाले दिएको छ ।