शेयर बजारमा कारोबार रकम घट्दा लगानीकर्तालाई चिन्ता,किन घट्यो कारोबार ?

Mar 30, 2015 Merolagani



नेपाल स्टक एक्सचेन्जमा सोमबार भएको शेयर कारोबारमा रकम घटेपछि लगानीकर्तामा चिन्ता बढेको पाईएको छ । अघिल्ला साताहरुमा दैनिक बीस करोडको हाराहारीमा शेयर कारोबार हुने गरेकोमा यस साताको आईतबार १२ करोड हाराहारीमा र सोमबार एक करोड घटेर साढे ११ करोड रुपैयाँको हाराहारीमा कारोबार भयो । आईतबार नेप्से सामान्य रुपमा घटे पनि सोमबार भने तीन अंकले घटेर ९३९ विन्दुमा आईपुग्यो । 

चैत्र मसान्तको चापमा ऋणको ब्याज तिर्न लगानीकर्ताले शेयर बेचेको भन्ने गरिए पनि घट्दो कारोबार रकमले बजारमा खरिदकर्ताहरुको अभाव बढ्दै गएको देखाउँछ । खरिदकर्ता भन्दा बिक्रीकर्ता धेरैको अबस्था रहे पनि सोमबार कुनै पनि कम्पनीको शेयर कारोबारले एक करोड रुपैयाँ नाघ्न सकेन ।


केही साना कम्पनीहरुको शेयर मूल्य बढे पनि समग्र बजार बियरिस हुनुका पछि राजनीतिक अन्योलको प्रभाव परेको मान्न सकिन्छ । दलहरुबीच सहमति हुन नसक्दा संबिधानसभाको बैठक आब्हान गरिएको र विपक्षी दलहरुको आन्दोलनले अनिश्चय झनै् बढाएको अनुभव लगानीकर्ताहरुले गरेका छन् ।

 बजारमा प्राथमिक शेयर निश्काशनमा धेरै रकम प्रबाह भएकाले दोस्रो बजारमा लगानीकर्ताको चासो कम भएको तर्क गर्ने लगानीकर्ताहरु पनि रहेका छन् । एकातिर माथिल्लो तामाकोशीको शेयरमा कर्मचारी संचयकोषका संचयकर्ता र कर्मचारीहरुको ठूलो रकम परिचालन भएको, बरुण हाईड्रो, जनउत्थान लघुवित्त र मिर्मिरे लघुवित्तमा पनि माग भन्दा निकै गुणा बढी आबेदन परी अर्बौ रकम बैंकका जम्मा रहेको छ भने अर्कोतिर आईएलएफसिओ र विजय लघुवित्तका लागि पनि ब्यापक रुपमा शेयर आबेदन गर्न लगानीकर्ताहरु तयारी अबस्थामा रहेको प्रभाव पनि दोस्रो बजारमा परेको मान्न सकिन्छ ।

 

यसैक्रममा राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको लागि हालै जारी गरेको ऋण र प्रोभिजनको नयाँ ब्यवस्थासम्बन्धी अनाबश्यक हल्लाले पनि बजार प्रभावित बनिरहेको देखिन्छ । सुक्ष्म निगरानी शीर्षकको कर्जामा पाँच प्रतिशत रकम प्रोभिजन गर्नुपर्ने भन्ने हल्ला चलाएर बजारलाई जबरजस्ति प्रभावित पार्ने काम भईरहेको देखिएको छ । बैंकहरुले कर्जा वापत प्रोभिजन बढाउनु बैंक र लगानीकर्ताहरुकै हितमा भए पनि यसलाई अनाबश्यक रुपमा उछालिएको पाईन्छ । कतिपय बैंकले चैत्र मसान्तमा प्रोभिजन गरेको रकम असार मसान्तसम्ममा फिर्ता ल्याएर नाफामा देखाउँन सक्नेछन् भन्ने कुरालाई हेक्का नगरी बैंकको नाफा घट्ने हल्ला फैलाउनु नियोजित मानिएको छ । सुशासन र आन्तरिक ब्यवस्थापन राम्रो भएका राम्रा बैंकहरुलाई राष्ट्र बैंकको पछिल्लो निर्देशनले झन् फाईदा पुर्याउँने कुरा कतिपय बैंकरहरु नै बताईरहेका छन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।