आईएलएफसिओ माईक्रोफाइनान्सको चार लाख कित्ता साधारण शेयर आजदेखि बिक्री खुला

Mar 31, 2015 Merolagani



लघुवित्त बिकास बैंकहरुको साधारण शेयर निश्काशन हुने क्रम बढिरहेको बेला आईएलएफसिओ माईक्रोफाइनान्सको चार लाख कित्ता साधारण शेयर आजदेखि बिक्री खुला गरिएको छ ।

आईएलएफसिओले निश्काशन गरेको चार लाख कित्ता मध्ये सामुहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि आठ हजार कित्ता छाडी बांकी शेयरमा सर्वसाधारणले २० कित्ता देखि एक हजार कित्तासम्मको दरले आबेदन गर्न पाउने छन् ।

सिभिल क्यापिटल निश्काशन तथा बिक्री प्रबन्धक रहेको सो कम्पनीको शेयरमा आबेदन गर्न सिभिल क्यापिटल, आईएलएफसी फाईनान्सका शाखा कार्यालयहरु, बागमति डेभ्लपमेन्ट बैंक सर्लाही र जनता बैंकको धनगढी शाखामा चैत्र २० गतेसम्म आबेदन बुझाउन सकिने जनाईएको छ ।


यस माइृक्रोफाईनान्सलाई ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स कम्पनीले प्रबद्र्दन गरेको होे । यसको चुक्ता पूँजी छ करोड रहेकोमा सर्वसाधारणको हिस्साको शेयर निश्काशन हुन लागेको हो । कम्पनी गत असार मसान्तसम्म ३७ लाख रुपैयाँले नाफामा रहेको छ ।


पछिल्लो समयमा लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबारमा लघुवित्त बिकास बैंकहरुको शेयर मूल्य आकाशिएको अबस्था छ भने प्राथमिक शेयर निश्काशनमा पनि लगानीकर्ताहरुको उत्तिकै धेरै ओईरो लाग्ने गरेको छ । केही समय अघि जनउत्थान लघुवित्तले निश्काशन गरेको ९० हजार कित्ता शेयरको लागि तीन सय ५५ गुणा बढी आबेदन परेको थियो । एक सय रुपैयाँमा आबेदन गर्दा पाईने माईक्रो फाईनान्सको शेयर दोस्रो बजारमा कम्तिमा सात सय रुपैयाँमा सजिलै बिक्री हुने अबस्था रहेकाले लगानीकर्ताहरु माईक्रोफाईनान्सको शेयरमा लगानी गर्न झुम्मिने गरेका देखिएको छ ।
बुधवारदेखि विजय बिकास लघुवित्तले चार लाख बीस हजार कित्ता साधारण शेयर बिक्री गर्दैछ ।

Click here to enlarge




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।