नेप्सेले लागु गर्यो डिम्याट शेयर कारोबारको नयाँ तालिका, पहिलो चरणमा परे सात कम्पनी

Mar 31, 2015 Merolagani



 

नेपाल स्टक एक्सचेन्जले सात वटा कम्पनीको शेयर खरिद बिक्री अनिवार्य रुपमा अभौतिक (डिम्याट)  रुपमा गर्नुपर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

नेप्सेले जनाए अनुसार चैत्र २२ गतेदेखि ग्लोबल आईएमई बैंक, हिमालयन जनरल ईन्स्योरेन्स, शिखर ईन्स्योरेन्स, एभरेष्ट फाईनान्स, युनिलिभर नेपाल लिमिटेड, महालक्ष्मी फाईनान्स र तारागाउँ रिजेन्सी होटलका शेयरहरु डिम्याटमा मात्र किनबेच हुनेछ । 

यी शेयरहरु खरिद बिक्री गर्नेहरुले अनिवार्य रुपमा हितग्राही खाता खोली शेयर खरिद गर्नु अगावै सीडीएससीको प्रणालीसँग आबद्ध हुनुपर्ने भएको छ । त्यसैगरी हाल खाली हस्तान्तरण वा अनुसुचीमा रहेका शेयरहरु १५ दिन भित्रमा बेच्नुपर्ने र नबेचेमा शेयर रजिष्ट्रार मार्फत नामसारी गराई प्रमाणपत्र प्राप्त गर्नुपर्ने वा डिम्याट खातामा जम्मा गर्नुपर्ने भएको छ ।


सीडीएससीले यस अघि गत कार्तिक २ गतेदेखि सबै बाणिज्य बैंकहरुको पूर्ण शेयर अभौतिक कारोबार गर्ने कार्यतालिका सार्वजनिक गरेकोमा त्यो असफल भएको थियो । बाणिज्य बैंकहरुको शेयर खरिदकर्ताले डिम्याटमा मात्र शेयर प्राप्त गर्ने ब्यवस्थालाई कायमै राखी नेप्सेले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । सीडीएससीको प्रणालीले दैनिक कारोबारको भार थाम्न नसक्ने अडकलबाजीले पूर्व निर्धारित कार्यतालिका भाँडिएपछि सीडीएससीको सफ्टबेयर बनाउने कम्पनी सीएमसी ईण्डिया लिमिटेडका प्राविधिकहरु झिकाएर नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो ।

 

अब सीएमसीकै प्राविधिकहरुको उपस्थितिमा सात वटा कम्पनीहरुको पूर्ण अभौतिक कारोबार परीक्षण हुने भएको छ । यी सातवटा कम्पनीहरुको पूर्ण अभोतिक कारोबारको प्रगति बिबरण हेरेर अर्को साता नेप्सेले थप सातवटा कम्पनीहरुको पूर्ण अभौतिक शेयर कारोबारको कार्यतालिका सार्वजनिक गरी क्रमैसँग सीडीयससीको पं्रणालीलाई पूर्ण रुपमा स्वचालित बनाउने योजना बनाएको छ । 

पहिले सबै बाणिज्य बैंकहरुको एकपटक पूर्ण अभौतिक कारोबार र राफसाफ गर्ने प्रयास गर्दा समस्या आउने संभावना देखिएपछि कार्यतालिकालाई निस्क्रिय पारी सीडीयससी पछाडि हटेको थियो । यसपटक सफटबेयर निर्माण गर्ने भारतीय कम्पनीकै प्राविधिकहरुको रेखदेख र निरीक्षणमा पूर्ण अभौतिक कारोबार र राफसाफ हुने भएकाले भार परीक्षण र समस्या उत्पन्न भए समाधान पनि तत्कालै गरिने नेप्सेले जनाएको छ । 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।