आईएलएफसीओ र विजय लघुवित्त मध्ये कुनको साधारण शेयरमा लगानी गर्नु राम्रो ?

Apr 01, 2015 Merolagani

 

दुई वटा लघुवित्त कम्पनीहरुले एकैसाथ साधारण शेयरमा आबेदन आब्हान गरेपछि लगानीकर्ताहरुमा चासो बढेको छ – कुन चाँहीको शेयरमा लगानी गर्दा ठीक होला ? दुबैले ठूलो परिमाणमा शेयर आबेदन गरेकाले लगानीकर्ताहरुमा देखिएको स्वभाविक अन्योल चिर्न मेरोलगानी डटकमले दुबै कम्पनीको अबस्था केलाउने प्रयास गरेको छ ।

लघुवित्त बिकास बैंकहरुको साधारण शेयर निश्काशन हुने क्रम बढिरहेको बेला आईएलएफसिओ र विजय लघ’वित्तले आठ लाख बीस हजार कित्ता साधारण शेयर बिक्री थालेका छन् ।
आईएलएफसिओले निश्काशन गरेको चार लाख कित्ता मध्ये सामुहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि आठ हजार कित्ता छाडी बांकी शेयरमा सर्वसाधारणले २० कित्ता देखि एक हजार कित्तासम्मको दरले आबेदन गर्न पाउने छन् ।
सिभिल क्यापिटल निश्काशन तथा बिक्री प्रबन्धक रहेको सो कम्पनीको शेयरमा आबेदन गर्न सिभिल क्यापिटल, आईएलएफसी फाईनान्सका शाखा कार्यालयहरु, बागमति डेभ्लपमेन्ट बैंक सर्लाही र जनता बैंकको धनगढी शाखामा चैत्र २० गतेसम्म आबेदन बुझाउन सकिने जनाईएको छ ।

यस माइृक्रोफाईनान्सलाई ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स कम्पनीले प्रबद्र्दन गरेको होे । यसको चुक्ता पूँजी १० करोड रहेकोमा सर्वसाधारणको हिस्साको शेयर निश्काशन भएको हो । कम्पनी गत असार मसान्तसम्म २७ लाख रुपैयाँले नाफामा रहेको छ ।

गैडाकोटमा विजय बिकास स्रोत केन्द्र नामक संस्था माईको फाईनान्समा परिवर्तन भएर कम्पनी बनेको हो । । यस शेयरमा लगानीकर्ताले ५० देखि २००० कित्तासम्म आबेदन गर्न पाउने छन् ।

राष्ट्र बैंकबाट एनजीओको रुपमा सिमित बैंकिङ कारोबार गर्ने स्वीकृति लिएर काम गर्दै आएको बिजय बिकासले केही महिनाअघि लघुवित्त बिकास बैंकमा रुपान्तरण भएपछि सर्वसाधारणमा शेयर निश्काशन गरेको हो । यसमा काठमाडौको गुडविल फाईनान्सको मुख्य लगानी रहेको छ । हाल ९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको साधारण शेयर बिक्रीपछि १४ करोड पुग्ने छ । गत आर्थिक बर्षमा ३ लाख ९१ हजार मात्र खुद नाफा गरेको थियो ।

शेयरको निश्काशनकर्ता तथा बिक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकर रहेको छ । यसमा आबेदन गर्न चाहनेले ग्रोमोर मर्चेन्ट, विजय लघुवित्त,  एनआर्इबीएल क्यापिटल, एस क्यापिटल, एस डेभ्लपमेन्ट बैंक, सिद्दार्थ डेभ्लपमेन्ट बैंक र साझा बिकास बैंकका शाखा कार्यालयहरुमा आबेदन बुझाउन सकिने ब्यवस्था मिलाईएको छ ।
उसो भए लगानीकर्ताले कुन कम्पनीको शेयरमा लगानी गर्ने त ? यो तुलनात्मक स्थिति  हेरौंः

 

 

 

कतिपय लगानीकर्ताले यस अघि सार्वजनिक निश्काशन भएका बरुण हाईड्रो, जनउत्थान, मिर्मिरे लघुवित्त र कर्मचारी तथा संचयककोषका बचतकर्ताहरुले माथिल्लो तामाकोशीको शेयरमा लगानी गरी आफुसँग संचित रकम बैंकमा जम्मा गरिसकेकाले पछिल्ला यी दुई कम्पनीको शेयरमा लगानी गर्न पर्खेर बसेकाहरुलाई अनुकुल अबस्था सिर्जना भएको छ । दोस्रो बजारका कतिपय लगानीकर्तालाई चैत्र मसान्तमा बैंकको ब्याज बुझाउनु पर्ने चाप पनि रहेकाले जनउत्थान र मिर्मिरेमा जस्तो अत्यधिक बढी आबेदन पर्ने कम संभावना रहेको आँकलन गरिएको छ । अर्कोतर्फ यी दुई कम्पनीले बिक्री गर्ने शेयरको संख्या पनि बढी भएकाले आबेदकले शेयर धेरै पाउने संभावना बढी नै छ ।


पछिल्लो समयमा लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबारमा लघुवित्त बिकास बैंकहरुको शेयर मूल्य आकाशिएको अबस्था छ भने प्राथमिक शेयर निश्काशनमा पनि लगानीकर्ताहरुको उत्तिकै धेरै ओईरो लाग्ने गरेको छ । केही समय अघि जनउत्थान लघुवित्तले निश्काशन गरेको ९० हजार कित्ता शेयरको लागि तीन सय ५५ गुणा बढी आबेदन परेको थियो । एक सय रुपैयाँमा आबेदन गर्दा पाईने माईक्रो फाईनान्सको शेयर दोस्रो बजारमा कम्तिमा सात सय
राष्ट्र बैंकबाट सिमिति बैंकिङ कारोबार गर्ने स्वीकृति लिएका अरु १८ वटा एनजीओहरुले यसै गरी लघुवित्त बैंकको रुपमा परिवर्तन भएर काम सुरु नगरे आगामी असार मसान्तबाट उनीहरुको स्वीकृति पत्र खारेज हुनेछ ।

comments powered by Disqus