मेडिकल कलेजले सम्बन्धन नपाए कुन–कुन बाणिज्य बैंक डुब्छन ? हेर्नुहोस् ऋण लगानीको तालिका

Apr 01, 2015 Mero lagani



 हरि गजुरेल 

 डा. गोबिन्द केसीले गरेको अनशनको दबाबमा सरकारले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेपछि अब ती मेडिकल कmलेजहरुमा अर्बौ लगानी गरेका बाणिज्य बैंकहरुमाथि संकट पर्ने संकेत देखिएको छ । देशका प्रमुख बाणिज्य बैंकहरुले मनमोहनसहितका शिक्षा मन्त्रालयबाट आशयपत्र लिएका मेडिकल कलेजहरुमा अर्बौ रुपैयाँ ऋण लगानी गरेका तर कलेजले सम्बन्धन नपाएका कारण ती ऋणको सावाँ ब्याज चुक्ता हुन सकेको छैन । अब के यी बैंकहरुको लगानी डुब्ने नै भयो त ?&nb

 मनमोहन मेडिकल कलेजमा मात्रै नेपाल ईन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सात वटा बैंकहरुले दुई अर्ब रुपैयाँ लगानी गरेका छन् ।

  डा. गोबिन्द केसीले गरेको अनशनको दबाबमा मंगलवार  सरकारले नयाँ मेडिकल कलेजको सम्बन्धनमा कडा नीति लिएसँगै मेडिकल कलेज माथि लगानी गरेका दर्जन वढि बैंक तथा वित्तिय संस्थाहरु अप्ठ्यारोमा परेका छन् । सम्बन्धन नपाएसँगै कलेजहरुले ऋण तिर्न नसक्ने अबस्था आएकाले आगामी आर्थिक वर्षमा मेडिकल कलेजहरुमा लगानी गर्ने बैंकहरुले करोडौं रकम प्रोभिजन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।


राष्ट्र बैंक स्रोतका अनुसार  मनमोहन मेडिकल कलेजमा सात  वटा बैंकको २ अर्व भन्दा वढि लगानी रहेको छ । कोटीहोम लगाएर २ अर्व उठाएको यस मेडिकल कलेजमा २४ सय शेयर सदस्य रहेका छन । नेपाल स्वास्थ सेवा सहकारी संस्थाको नामबाट सञ्चालित यस अस्पतालमा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा १ अर्व ५२ करोड ५० लाख ऋण प्रदान गरिएको छ । जसमा सिभिल,एनवी,एनसिसि १० करोड लगानी रहेको छ । भने कुमारी,एस डेभलपमेन्ट,एनआइडिसिको समेत लगानी रहेको छ । सम्बन्धन नपाएका कारण मेडिकल कलेजले ऋण तिर्न नसक्ने भन्दै २५ भाइ एमालेका सभासद्हरुले दुई महिना अगाडि राष्ट बैंकलाई पत्र लेखेका थिए । 


यता, पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा नबिल बैंकको २५ करोड लगानी रहेको छ भने सनराइज बैकको १० करोड लगानी रहेको छ । त्यस्तै  विराटमेडिकल कलेजमा भएको लगानीले बैंक नै समस्यामा पर्ने भएको छ । एनआइसि बैंकको नेतृत्वमा ५० करोड सहवित्तिय कर्जा प्रवाह गरिएकोमा एनआइसिको २३ करोड,सिभिल २० करोड र सेञ्चुरी ६ करोड लगानी रहेको छ ।


झापामा रहेको विएमसिमा जनता बैंकको नेतृत्वमा ९० करोड कर्जा प्रवाह भएकोमा जनता र वंगलादेशको ४० र ४० करोड र विभोरको १० करोड कर्जा  छ । त्यस्तै एक समय माओवादीको विच्छ्यौनाको रुपमा चर्चामा रहेको जनमैत्री अस्पतालमा समेत हिमालयन बैंकको नेतृत्वमा २९ करोड रुपैया फसेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल मेडिकल कलेजहरुमा बैंकले गरेको लगानीका कारण बैंकहरु नै समस्यामा पर्ने सुनाउँछन ।

 

किन हुन्छ बिबाद ?


हाल देशमा सम्बन्धन पाएका १९ वटा मेडिकल कलेज संचालनमा छन् भने शिक्षा मन्त्रालयबाट आशय पत्र पाएर पनि सम्बन्धन नपाउने १४ वटा मेडिकल कलेजमा भएको अर्बौको लगानी जोखिममा परेको छ ।

नेपालमा मेडिकल कलेज संचालन गरी डाक्टर उत्पादन गर्ने ब्यवसाय निकै आकर्षक देखिएको छ । एकजनालाई डाक्टर पढ्न अवसर दिने नाममा मेडिकल कलेजले पचास लाख भन्दा बढी रकम असुल्ने र सरकारका उच्च पदस्थ अधिकारीहरुले पनि कलेज संचालनको आशयपत्र, सम्बन्धन, कोटा थप, भर्ना लगायत शीर्षकमा राम्रै आय आर्जन गर्दै आएकाले यो क्षेत्र निकै लामो समयदेखि बिबादमा छ ।


संचालन भईरहेका मेडिकल कलेजहरुले नयाँसँग प्रतिस्पर्धा गर्नुपर्ने र हाल असुलीरहेको शुल्क असुल्न नपाउने, बिद्यार्थी संख्या कम हुने लगायतका भित्री कारणले नयाँलाई आउँन नदिन करोडौ खर्च गर्ने गरेका छन् भने कतिपय नयाँ मेडिकल कलेजहरु पर्याप्त पुर्वाधार र जनशक्ति विना नै पद, पैसा र प्रलोभनको आडमा सम्बन्ध हत्याउन खोज्ने गरेका छन् । अर्कोतर्फ हाल डाक्टर अध्ययन गरिरहेकाहरु पनि चर्को शुल्क तिर्नुपरेको रीसमा नयाँ मेडिकल कलेजहरु आए आफ्नो भविष्यको ब्यवसाय चौपट्ट हुने त्रासमा नयाँ मेडिकल कलेज आउँनै हुन्न भन्नेतर्फ जोड दिईरहेका छन् । डा. केसीको अनशनको पक्ष र विपक्षमा जनअभिमत जाहेर गर्ने क्रमसँगै संचार माध्यमहरु पनि नयाँ र पुराना मेडिकल कलेजतर्फ बांडिएका छन् । एउटा मेडिकल कलेजले पैसा तिरेर छाप्न पठाएको प्रेस विज्ञप्ति केही पत्रपत्रिकाले छाप्न अश्वीकार गरेको तथ्य बाहिर आउनुले निकै संबेदनशील अबस्थाको चित्रण गरेको छ ।


सरकारले निश्चित मापदण्ड र कडा अनुगमनको आधारमा मेडिकल कलेज स्थापना र संचालनको काम ब्यवस्थित नगर्दा यस क्षेत्रमा लगानी गरेका बैंकहरु समस्यामा पर्ने संभावना बढेको छ । तत्काल समस्या समाधान नभएमा चालु आर्थिक बर्षको चौथो त्रैमास ऋण लगानी गर्ने बैंकहरुले भारी प्रोभिजन र खुद घाटाको नमीठो स्वाद चाख्नु पर्ने निश्चित छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।