राष्ट्र बैंकको नीति परिमार्जनको नेप्सेमा यस्तो पर्यो प्रभाव

Apr 02, 2015 Merolagani



नेपाल राष्ट्र बैंकले कर्जा बर्गीकरण र सुक्ष्म निगरानी बर्गको प्रोभिजनमा गरेको लचिलो ब्यवस्थाले नेपाल स्टक एक्सचेन्जमा बिहीबार भएको शेयर कारोबारमा सामान्य प्रभाव परेको छ । यस दिन अन्य समूह सूचकहरु घटे पनि बैंकिङ र फाईनान्स समूहका शेयर मुल्यमा बढोत्तरी हुनुले राष्ट्र बैंकको बुधबारको निर्णयबाट बजार प्रभावित भएको मान्न् सकिन्छ ।

तर राष्ट्र बैंकको कर्जा बर्गीकरण र प्रोभिजनको नयाँ ब्यवस्थाले शेयर बजार ध्वस्त हुने तर्क गर्दै त्यसलाई परिमार्जन गरिए ठुलै उछाल आउँछ भन्नेहरुको आँकलन भने अपेक्षाकृत रहेन ।

बिहीबार बैंकिङ समूह सुचकमा साढे ४ अंकले बढोत्तरी भएको छ । समग्र बजारमा नेप्से ०.५५ अंकले बढेर ९४० नाघेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही बढेर १४ करोडको शेयर किनबेच भएको छ ।
राष्ट्र बैंकले बुधबार बैंकरहरुकै आग्रहमा सुक्ष्म निगरानी कर्जा शीर्षकमा यस चैमासमा ५ प्रतिशतको सट्टा १.५ प्रतिशत मात्र प्रोभिजन गरे पुग्ने भन्दै पहिले दिईएको निर्देशनमा परिमार्जन गरेको थियो । यसबाट बैंकहरुले कर्जा शीर्षकमा कम रकम प्रोभिजन गरी खुद नाफामा धेरै रकम देखाउनसक्ने भएका छन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।