आइएलएफसीओ ५८ र विजय लघुवित्तका लागि ५० गुणा बढी आवेदन

Apr 05, 2015 Merolagani



 हरि गजुरेल 

गत साता साधारण शेयर निष्काशन गरेका दुई लघुत्ति कम्पनीहरुमा सर्वसाधारणले निकै धेरै रकम बराबरको शेयर माग गर्दै आवेदन गरेका छन् ।


गत शुक्रबार शेयर आवेदन बन्द भएको आइएलएफसीओ माइक्रोफाइनान्सको शेयरका लागि ५८ गुणा बढी आवेदन परेको छ भने आइतबार आवेदन बन्द भएको विजय लघुवित्तका लागि ५० गुणा बढी आवेदन परेको अनुमान गरिएको छ ।

 

 

शेयर निष्काशनको अन्तिम दिनसम्ममा कूल चार लाख कित्ता माग गरेकोमा दुई करोड ३० लाख ५० हजार कित्ता सेयरका लागि आवेदन परेको छ । बिक्री प्रवन्धक सिभिल क्यापिटलका कमल खत्रीले कुल दुई अर्ब ३० करोड ५५ लाख रुपियाँको आवेदन परेको बताए । 

यस्तै, विजय विकास लघुवित्त संस्थाले बुधबार चार लाख २० हजार कित्ता साधारण शेयर बिक्री खुल्ला गरेकोमा शुक्रबारसम्म ३८ गुणा बढी आवेदन गरेको थियो । उक्त संस्थाको विक्री प्रवन्धक ग्रोमेर क्यापिटलका अनुसार लगानीकर्ताको भीड देख्दा शेयर बिक्रीको अन्तिम दिन आइतबारसम्म ५० गुणाभन्दा बढीले आवेदन परेको आंकलन गरिएको छ 

आइएलएफसीओले निष्काशन गरेको चार लाख कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि आठ हजार कित्ता छाडेर बाँकी शेयरमा सर्वसाधारणले २० देखि एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो ।


यस लघुवित्तलाई इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीले प्रवद्र्धन गरेको हो । यसको चुक्ता पुँजी छ करोड रहेकामा १० करोड रुपियाँ पुँजी पु¥याउन सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो ।
पछिल्लो समयमा लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबारमा लघुवित्त विकास बैंकहरुको शेयरमूल्य आकाशिएको छभने प्राथमिक शेयर निष्काशनमा पनि लगानीकर्ताको आइरो लाग्ने गरेको छ ।

यसअघि साधारण शेयर निष्काशन भएका जनउत्थान र मिर्मिरे लघुवित्त संस्थामा भन्दा आइएलएफसीओ र विजय लघुवित्त संस्थामा शेयर संख्याको तुलनामा कम आवेदन परेकाले बढी शेयर पर्ने संभावना रहेको छ ।

केही समयअघि जनउत्थान लघुवित्त संस्थाले निष्काशन गरेको ९० हजार कित्ता शेयरको लागि तीनसय ५५ गुणा आवेदन परेको थियो । एकसय रुपियाँ लगानी गर्दा दोस्रो बजारमा कम्तिमा सातसय रुपियाँमा सजिलै बिक्री हुने भएकाले पनि लगानीकर्ता यस्ता लघुवित्त संस्थाको शेयरमा आकर्षित देखिएका हुन ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।