कस्ले किन्ला महंगो मूल्यमा लिलामीको नबिल बैंकको प्रोेमोटर शेयर ?

Apr 09, 2015 Merolagani



एनआईडीसी बिकास बैकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको प्रोमोटर शेयर (NABILP)महंगो मूल्यमा लिलाम बिक्रीमा राखेपछि राष्ट्रिय बाणिज्य बैंकले र्इन्भेष्टमेन्ट बैंकको प्रोमोटर शेयर बेच्दाको घटनाक्रम दोहोरिने संभावना बढेको छ । एनआईडीसीले बजार मूल्यभन्दा बढीमा ठूलो कित्ता प्रोमोटर शेयर लिलामीमा राखेकाले एकैपटकमा बिक्री हुने कमै संभावना छ । तर शेयर  लिलाममा किन यति धेरै महंगो मूल्य राखिन्छ भन्ने कुरा भने रहस्यमय छ । 

एनआईडीसीले चैत्र २४ मा एक्काईस दिने सूचना जारी गरी नबिलको प्रामोटर शेयर समूह खलाई कम्तिमा एक हजार तीन सय २७ रुपैयाँमा लिलाममा राखेको हो । एनआईैडीसीले २,०९९०५ कित्ता शेयर गोप्य सिलबन्दी बोलपत्रमार्फत बिक्री गरिने जनाएको छ । नबिलको प्रोमाटर शेयरको हाल दोस्रो बजारमा एक हजार तीन सय २२ रुपैयाँमा किनबेच भईरहेको छ । लिलाममा राखिएको भन्दा सस्तो मूल्यमा दोस्रो बजारमा मज्जाले शेयर किन्न पाईरहेको अबस्था छ भने किन कोही सारा प्रक्रिया पुरा गरेर बोलपत्र खरिद गरी अग्रिम रुपमा साढे दुई प्रतिशत रकम धेरौटी राखेर शेयर किन्न लामबद्ध होस ? यो तर्क निकै मननयोग्य छ ।

 

एक सय कित्ता न्युनतम शेयरका लागि आबेदन गर्नुपर्ने र त्यसका लागि  पाँच सय रुपैयाँ बोलपत्र खरिद शुल्क र शेयर वापतको रकम एक लाख बत्तिस हजार सात सय रुपैयाँ न्युनतम रुपमा बुझाउनुपर्ने भएकाले सर्वसाधारण लगानीकर्ताको पहुच बाहिरै छ । रकमको स्रोत् देखाउनुपर्ने र स्वघोषणा गर्नुपर्ने त नियममै छ । शेयर नपरेमा धरौटी राखेको रकम फिर्ता लिन एक्काइस दिनपछिको थप १५ दिन कुर्नुपर्ने भएकाले यो झंझटमा पर्दाको मूल्य महंगो पर्नसक्छ । सर्वसाधारण लगानीकर्ताले बजार मूल्य भन्दा बढीमा शेयर किन्न नचाहने र तत्काल बजार धेरैमाथि जाने संभावना पनि नभएकाले सबै शेयर बिक्री हुने संभावना कम रहेको बताईन्छ ।

 

केही संस्थागत लगानीकर्ता वा कम्पनीहरुले भने यसमा चासो देखाउँन सक्छन तर त्यसका लागि पनि एनआईडीसीले नै पहल गर्नसक्नुपर्छ । एकैपटक बजारबाट यति धेरै परिमाणमा शेयर उठाउने संभावना नहुने हुँदा धेरै परिमाणमा नबिलको प्रोमोटर शेयर किन्न चाहने कम्पनीहरुका लागि यो एउटा अबसर भने हो ।  नबिल बैंकले साधारण शेयर सरह नबिल प्रोमोटरलाई पनि समान लाभांश बाड्ने भएकाले नबिल प्रोमोटर शेयरको माग बजारमा सामान्य रुपमा छ ।

सामुहिक लगानी कोषहरुले यो शेयर लिलाम स्वीकार्छन भन्ने कुरा विस्वासिलो मान्न सकिन्न । सामुहिक लगानी कोषले नबिल जस्तो महंगो शेयरमा नभई मध्यमस्तरका बाणिज्य बैंकहरुको शेयरमा लगानी गरिरहेकाले उनीहरुले यसमा रुची देखाउने संभावना कम छ । तर, महंगो मुल्यमा शेयर बेच्ने एनआईडीसीको सपना त्यतिखेर सफल हुनसक्छ जतिखेर बजार माथि चढेको होस् । शेयर लिलाम अबधिकै बीचमा शेयर बजार उकालो लागेर नबिल प्रोमोटरको मूल्य एक हजार चार सय माथि पुगेमा भने यो प्रोमोटर शेयर बिक्री हुनसक्ने अबस्था छ । अर्को तर्फ चालु आर्थिक बर्षको तेस्रो त्रैमासको नबिलले प्रकाशित गर्ने बित्तीय बिबरणमा नबिलको खुद नाफा बढ्ने कुराले पनि शेयरको भाऊमा असर पार्नसक्ने छ ।  नबिल राम्रो बैंक भए पनि बिश्वका अर्बपतिमा दरिएका प्रोमोटर विनोद चौधरीको रबैयाका कारण हालैका दिनहरुमा त्यस्को संस्थागत सुशासनको अबस्थामा प्रश्न उठ्न  र खुद नाफामा पनि असर देखिन थालेकोले केही सोचनिय अबस्था भने छ । 


नबिलको यो प्रोमोटर शेयर पुरै नबिकेमा राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको ६२ लाख कित्ता संस्थापक शेयर बेच्न पटक् पटक लिलामको सूचना प्रकाशित गर्नु परे जस्तै अबस्था आउन सक्छ । त्यतिखेर पनि बाणिज्य बैंकले बजार मूल्य भन्दा सस्तोमा दोस्रो पटक लिलामको सूचना निकालेकाले मात्रै इृन्भेष्टमेन्टको सबै शेयर बेच्न सकेको थियो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।