सनराईज बैंकले यस बर्ष लाभांश नबाडी हकप्रद शेयरमै किन दियो जोड ?

Apr 09, 2015 Merolagani



 

सनराईज बैंक (SRBL)ले यस बर्ष लगानीकर्तालाई कुनै लाभांश नबाडी हकप्रद शेयरमै जोड दिने भएको छ ।

बैंकले आगामी बैसाख  २३ गते सातौ बार्षिक साधारणसभा गर्ने निर्णय गर्दै १५ प्रतिशत हकप्रद  शेयर  फेरि जारी गर्ने प्रस्ताव गरेको छ । नाफा नबाड्ने निर्णयपछि  सनराइजको लाभांश पाउने आश गरेका बसेका लगानीकर्तालाई खल्लो महसुस हुनु स्वभाविक छ ।  

बैकले गत बर्ष निर्णय गरेको १० प्रतिशत हकप्रद  शेयरमा आबेदन दिने अन्तिम दिन साधारणसभाको मिति घोषणा गर्दै थप १५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो । बैंकले  गत बर्ष गरेको खुद नाफालाई जगेडा कोषमा सारेर अर्को बर्षका लागि साँचेको छ ।  बैंकको चुक्ता पूजी हाल दुई अर्ब ३८ करोड रहेको छ । 

गत बर्ष ३० करोड ८० लाख खुद नाफा गरी प्रति शेयर आम्दानी १५ रुपैयाँ कायम गरेको सनराईजका लगानीकर्ताले यस बर्ष थोरै भए पनि बोनस शेयर र नगद लाभांशको आशा गरेका थिए । तर बैंक संचालकहरुले लगानीकर्ताको त्यो आशामामा चिसो पानी खन्याउँदै हकप्रद शेयरबाटै पूँजी बढाउने उपाय निकालेका छन् । अर्को आर्थिक बर्षमा भने लगानीकर्तालाई सनराइजले खुशी पार्नसक्ने संभावना छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।