नेप्सेमा झण्डै पाँच अंकको सुधार

Apr 09, 2015 Merolagani



 

नेपाल स्टक एक्सचेन्जमा बिहीबार नेप्से चार दशमलव ७४ अंकले बढेर ९४६ दशमलव ८९ प्रतिशत पुगेको छ । आज १३१ कम्पनीका चार लाख २७ हजार ९८४ कित्ता शेयरको खरिद बिक्रीबाट कुल १७ करोड ९७ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा शेयर मूल्य बढने कम्पनीहरुमा कसमस डेभलपमेन्ट बैंक, गौमुखी विकास बैंक, नेको इन्स्योरेन्स कम्पनी छन भने घटनेमा एस डेभलेपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, हामा मर्चेन्ट एण्ड फाइनान्स कम्पनी छन् ।


कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सले आग्रता लियो भने भने प्रभु बैंक र चिलिमे हाइड्रोपावर कम्पनीको पनि एक करोड रुपैंया भन्दा बढीको कारोबार भयो ।


राजनीतिक परिस्थितिमा सुधार आउने आशामा लगानीकर्ताले खरिद बढाएका छन भने चैत मसान्तको प्रभाव पनि कम हुँदै गएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।