बिहीबारको कारोबारमा शेयर मूल्य बढने कम्पनीहरुमा कसमस डेभलपमेन्ट बैंक, गौमुखी विकास बैंक, नेको इन्स्योरेन्स कम्पनी छन भने घटनेमा एस डेभलेपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, हामा मर्चेन्ट एण्ड फाइनान्स कम्पनी छन् ।
कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्सले आग्रता लियो भने भने प्रभु बैंक र चिलिमे हाइड्रोपावर कम्पनीको पनि एक करोड रुपैंया भन्दा बढीको कारोबार भयो ।
राजनीतिक परिस्थितिमा सुधार आउने आशामा लगानीकर्ताले खरिद बढाएका छन भने चैत मसान्तको प्रभाव पनि कम हुँदै गएको छ ।