समितिको निर्देशनपछि सगरमाथा र सिद्धार्थ इन्स्योरेन्स लाभाशं परिवर्तन गर्न बाध्य

Apr 10, 2015 Merolagani



 

सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश परिवर्तन हुने भएको छ । विमा समितिका अनुसार यसअघि सगरमाथाले २१ दशमलव ५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । विमा समितिले यसलाई परिवर्तन गरी १५ प्रतिशत बोनस शेयर र सात दशमलव ३४ प्रतिशत नगद लाभांश दिन निर्देशन दिएको हो ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र १६ दशमलव ६१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोमा समितिले त्यसलाई परिमार्जन गरी १० प्रतिशत बोनस शेयर र पाँच दशमलव ७८ प्रतिशत नगद लाभांश दिन स्वीकृति दिएको छ ।


विमा समितिको नियमानुसार वितरण योग्य मुनाफाको २० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने भएका कारण यी दुई कम्पनीले आफ्नो पुरानो प्रस्तावलाई परिमार्जन गर्न बाध्य भएका हुन हुन् ।
प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेपछि साधारणसभाबाट अनुमोदन गराई शेयरधनीलाई वितरण गर्नुपर्ने हुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।