समितिको निर्देशनपछि सगरमाथा र सिद्धार्थ इन्स्योरेन्स लाभाशं परिवर्तन गर्न बाध्य

Apr 10, 2015 Merolagani



 

सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांश परिवर्तन हुने भएको छ । विमा समितिका अनुसार यसअघि सगरमाथाले २१ दशमलव ५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । विमा समितिले यसलाई परिवर्तन गरी १५ प्रतिशत बोनस शेयर र सात दशमलव ३४ प्रतिशत नगद लाभांश दिन निर्देशन दिएको हो ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र १६ दशमलव ६१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोमा समितिले त्यसलाई परिमार्जन गरी १० प्रतिशत बोनस शेयर र पाँच दशमलव ७८ प्रतिशत नगद लाभांश दिन स्वीकृति दिएको छ ।


विमा समितिको नियमानुसार वितरण योग्य मुनाफाको २० प्रतिशतभन्दा बढी नगद लाभांश वितरण गर्न नपाउने भएका कारण यी दुई कम्पनीले आफ्नो पुरानो प्रस्तावलाई परिमार्जन गर्न बाध्य भएका हुन हुन् ।
प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेपछि साधारणसभाबाट अनुमोदन गराई शेयरधनीलाई वितरण गर्नुपर्ने हुन्छ ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।