पोखराको सिटीले पूँजी बढेकै अनुपातमा किन बढाउन सकेन खुद नाफा ?

Apr 17, 2015 Merolagani



 

कास्कीको पोखरामा मुख्य कार्यालय रहेको सिटी डेभ्लपमेन्ट बैंकले आफ्नो चुक्ता पूँजी बढेसँगै सोही अनुपातमा  खुद नाफा बढाउन नसक्दा प्रति शेयर आम्दानी खुम्चिने भएको छ । गत आर्थिक बर्षको तेस्रो त्रैमासमा बैंकले छ करोड ४० लाख खुद नाफा गरेकोमा यस यस आर्थिक बर्षको सोही अबधिमा आठ करोड ९ लाख मात्र खुद नाफा गर्न सकेको छ । तर सो बैंकको चुक्ता पूँजी भने ३० करोडबाट ४६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । 

गत दोस्रो त्रैमासमा बैंकले पाँच करोड ५९ लाख कमाएको थियो । यस बर्षको असार मसान्तसम्म पनि बैंकको कमाई दर यही रहेमा प्रति शेयर आम्दानी २० रुपैयाँ हाराहारीमा खुम्चिने देखिएको छ । यस बैंकको त्रैमासिक बित्तीय प्रतिबेदनले निस्क्रिय कर्जा १.६६ बाट १.८० प्रतिशतमा चढेको र निस्क्रिय कर्जा वापत एक करोड ८८ लाख रुपैयाँ प्रोभिजन गर्नु परेको देखिएको छ । बैंकले गत आर्थिक बर्षको त्रेस्रो त्रैमासमा ७५ लाख रुपैयाँ मात्र प्रोभिजन गरेको थियो ।


बैंकको निक्षेप र कर्जा परिचालन, ब्याज आम्दानी र संचालन नाफा बढ्ेको छ तर कर्मचारी र संचालन खर्चहरु पनि उल्लेखनीय रुपमा बढेका देखिएको छ । बैंकको जगेडा कोषमा १६ करोड रुपैयाँ हुनुले जोखिम बहन क्षमता राख्नु र अन्य सुचकहरु सकारात्मक देखिनुले बैंकले प्रगति गर्नसक्ने संभावना भने छ ।

सिटी हाल १० जिल्ला कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।