थप सात कम्पनीको धितोपत्रको कारोबार तथा राफसाफ पूर्ण अभौतिक हुने

Apr 17, 2015 Merolagani



 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले थप सात कम्पनीको पूर्णरुपमा धितोपत्रको अभौतिक कारोबार तथा राफसाफ सुरु गर्ने भएको छ ।


आउँदो आइतबारबाट सात कम्पनीको सेयर कारोबार पूर्णरुपमा कागजरहीत तरिकाले गर्ने निर्णय गरेकोमा यही वैशाखको १५ गतेबाट अन्य सात कम्पनीको पनि विद्युतीय माध्यमबाटै सम्पूर्ण कोरोबार सुरु गर्न सम्वन्धित सेयरधनी, सेयर निष्काशनकर्ता र अन्य सरोकारवालाई सुचित गरेको छ ।

आइतबार शिखर इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंक, युनिलिभर नेपाल, हिमाल जनरल इन्स्योरेन्स कम्पनी, महालक्ष्मी फाइनान्स, एभरेष्ट फाइनान्स कम्पनी र तारागाउँ रिजेन्सी होटेल्सले कारोबार तथा राफसाफ पूर्णरुपमा अभौतिक रुपमा गर्नुपर्नेछ ।

आउँदो वैशाख १५ गतेबाट एस डेभलपमेन्ट बैंक, सनराइज बैंक, एभरेष्ट इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, नबील बैंक, भिबोर विकास बैंक र युनाइटेड फाइनान्सले यस्तो सेयर कारोबार तथा राफसाफ गर्नेछन् ।

यस्तो कारोबारका लागि डिम्याट खाता अनिवार्य जरुरी हुने भएकाले यस्तो खाता खोल्न पनि सीडीएसले सम्वन्धित लगानीकर्तालाई आग्रह गरेको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।