महाभुकम्पको क्षतिपूर्तिवापत दावी पर्ने क्रम जारी रहेको विमा समितिका अध्यक्ष डा फत्त बहादुर केसीले जानकारी दिएका छन् । एनवी इन्सयोरेन्समा भने कुनै दावी परेको छैन ।
पच्चीस करोड चुक्ता पूँजी र सानो विजनेश पोर्टफोलियो भएको कम्पनी भनिएको नेपाल इन्स्योरेन्समा समेत एक अर्ब भन्दा वढिको दावी परिसकेको छ । धैरै दावी पर्नेमा शिखर,एनएलजी र सगरमाथा इन्स्योरेन्स छन । शिखर र एनएलजी प्रत्येकमा एक हजार भन्दा वढिको विमा भुत्तानीको लागि दावी परेको बताइन्छ । सगरमाथा इन्स्योरेन्समा मात्र ८ सय वढिको दावी परेको छ । हालसम्म कुनै पनि बीमा कम्पनीले दावी भुत्तानी गरेका छैनन् । १६ वटा निर्जिवन विमा कम्पनीमा हालसम्म करिव २० अर्व वरावरको परेको छ ।
यही समयमा विमा कम्पनीहरु डुब्दैछन भन्ने हल्ला पनि चल्न थालेको छ । वीमा समितिको अध्यक्ष डा फत्तबहादुर केसी हल्ला चलेजस्तो कम्पनी नडुब्ने दावी गर्दछन ।
कुनै पनि अर्पाटमेन्ट ढलेका छैनन,मर्मतका लागि कस्मेटिक लस भन्दै मर्मत खर्च मात्रै विमा कम्पनीले भुक्तानी गर्ने हो । भुकम्पको जोखिमका लागि कसैले पनि विमा नगरेको र उक्त विमा अग्नी विमा अन्र्तगत हुन्छ । त्यसकारण पनि विमा कम्पनी बचेका छन –अध्यक्ष केसीको तर्क छ ।
औसत एउटा बीमा कम्पनीले एक खर्व भन्दा वढिको अग्नी विमा गरेको हुन्छ । कम्पनीमा दावी भुत्तानीको सूचना आउनेक्रम जारी रहेको र अझै सबै जानकारी आइपुग्न डेढ हप्ता समय लाग्ने विमा समिति अध्यक्ष डा केसी बताउछन । विमा कम्पनीले बीमा रकमको २५ देखि ३० प्रतिशत र बाकी ७० प्रतिशत दावी भुत्तानी पुर्नविमा कम्पनी मार्फत हुनेछ ।
२५ करोड चुत्ता पूजी भएको विमा कम्पनीको कोषहरुमा कोषमा प्रशस्तै रकम हुने हुँदा वाहिर हल्ला भए जस्तो बीमा कम्पनी नडुब्ने केसीको दावी छ ।
यहाँका बीमा कम्पनीहरुले बीमा गरिएको रकमको भार सबै आफैले ब्यहोर्न नपरोस भन्दै जोखिम ब्यवस्थापन गर्न विदेशका ठूला पुनर्बिमा कम्पनीमा बीमा गराएका हुन्छन् । त्यसले अहिले नेपालका बीमा कम्पनीहरुलाइृ ठूलो आड दिएको छ । सरदर असी प्रतिशतको हाराहारीको बीमा दावी रकम पुनर्बिमा कम्पनीहरुले तिरिदिने भएकाले नेपालका बीमा कम्पनीहरुले अहिले बोक्नुपर्ने प्रत्यक्ष भार बढीमा ३० प्रतिशत मात्र हो । त्यसमाथि ठूला अपार्टमेन्ट र केही ब्यक्तिगत घरहरुको मात्र बढी बीमा दावी हुने अबस्था देखिएको छ । साना र ब्यक्तिगत घरहरु बैंकबाट कर्जा लिंदा मात्र बीमा गर्ने चलन बढी रहेको र त्यस्ता घरहरु धेरै संख्यामा ध्वस्त नभएकाले ब्यक्तिगत घरहरुको मात्र बीमा गरेका कम्पनीहरुमा बढी मार नपर्ने आँकलन गर्न सकिन्छ । तर बिदेशी पुनर्बिमा कम्पनीमा रकम तिर्न नपरोस भन्दै पुनर्बिमा नगर्ने र नाफा बढी देखाउँन खोज्ने कम्पनीहरुलाई चाँही उठ्नै गाह्रो पर्ने छ ।
बीमा दावी संकलन हुने क्रम जारी रहेकाले अझै कति रकम बराबरको दावी पर्छ भन्ने यकिन गर्ने बेला भईसकेको छैन । कतिपय बीमा कम्पनीहरु यसपटकको दावी भुक्तानी गर्नुपर्दाको भारले आगामी दुई तीन बर्षसम्म लगानीकर्तालाई कुनै लाभांश दिन नसक्ने अबस्थामा पुग्ने आँकलन भने सहजै गर्न सकिन्छ ।