शेयर कारोबार जेठ ३ गतेदेखि फेरि चालु हुने, सीडीएससीले थाल्यो राफसाफ

May 11, 2015 Merolagani



देशमा आएको महाभुकम्पपछि बन्द भएको शेयर कारोबार नेपाल स्टक एक्सचेन्जले जेठ ३ गतेदेखि चालु गर्ने भएको छ । अभौतिक शेयर कारोबारको राफसाफ गर्दै आएको सीडीएससीले काम पुनः सुरु गरेपछि नेप्सेले पनि कारोबार चालु गर्न सूचना जारी गरेको हो । नेप्सेमा शेयर कारोबार बैसाख १३ गतेदेखि नै बन्द रहेको थियो । यसरी नेप्सेमा लामो समयसम्म शेयर कारोबार बन्द भएको यो पहिलो घटना हो ।

 

 

यसअघि नेप्सेमा सीडीएससी तथा शेयर दलाल कम्पनीहरुको कार्यालयमा क्षति पुग्न गएको र प्रतिकुल अबस्थाका कारण शेयर कारोबार बन्द भएको जनाएको थियो । शेयर दलाल कम्पनीहरुले आफ्नो कार्यालयमा भुकम्पले क्षति पुर्याएको र कर्मचारीहरु गाउँ गएकाले तत्काल कारोबार संचालन गर्न अफ्ठेरो पर्ने जनाउँदै कारोबार सुरु गर्ने मिति पछि सार्न माग गर्दै आएका थिए । शेयर कारोबार लामो समयसम्म अबरुद्ध हुँदा पूँजी बजारमा दीर्घकालीन असर पर्ने भएकाले चाडै कारोबार संचालन गर्न नेप्से प्रयासरत रहेको थियो ।


यसैबीच सीडीएससीले शेयरको राफसाफको कार्य बैसाख २७ गतेदेखि नै थालिसकेको छ भने अधिकांश शेयर दलाल कम्पनीका कर्मचारीहरु पनि गाउँबाट फर्किएकाले कारोबार संचालनमा सहजता थपिएको छ ।  




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।