
यसअघि नेप्सेमा सीडीएससी तथा शेयर दलाल कम्पनीहरुको कार्यालयमा क्षति पुग्न गएको र प्रतिकुल अबस्थाका कारण शेयर कारोबार बन्द भएको जनाएको थियो । शेयर दलाल कम्पनीहरुले आफ्नो कार्यालयमा भुकम्पले क्षति पुर्याएको र कर्मचारीहरु गाउँ गएकाले तत्काल कारोबार संचालन गर्न अफ्ठेरो पर्ने जनाउँदै कारोबार सुरु गर्ने मिति पछि सार्न माग गर्दै आएका थिए । शेयर कारोबार लामो समयसम्म अबरुद्ध हुँदा पूँजी बजारमा दीर्घकालीन असर पर्ने भएकाले चाडै कारोबार संचालन गर्न नेप्से प्रयासरत रहेको थियो ।
यसैबीच सीडीएससीले शेयरको राफसाफको कार्य बैसाख २७ गतेदेखि नै थालिसकेको छ भने अधिकांश शेयर दलाल कम्पनीका कर्मचारीहरु पनि गाउँबाट फर्किएकाले कारोबार संचालनमा सहजता थपिएको छ ।