शेयर बजार धेरै झर्न नदिन अर्थ मन्त्रालयको निर्देशनमा बास्केट फण्ड आउने

May 26, 2015 Merolagani



 

भुकम्प गएको बहानामा शेयर बजारमा अस्वभाविक चलखेल गरी शेयर मुल्य तल झार्ने खेल हुन लागेको आशंका बढिरहेको बेला अर्थ मन्त्रालयले बास्केट फण्डको अवधारण अघि सारेको छ ।

अर्थ मन्त्रालयको निर्देशनमा नागरिक लगानी कोषको अगुवाईमा ६ अर्ब रकम बराबरको बास्केट फण्ड तयार गरी बजारमा लगानी गर्ने तयारी भईरहेको मंगलबारको कारोबार दैनिकले लेखको छ । 

दैनिकमा भुवन पौडेल लेख्छन्–भुकम्पका कारण खर्बौ रुपैयाँ बराबरको क्षति भएको छ । त्यसले शेयर बजारमा अस्वभाविक गिरावट नआओस भनेर अर्थ मन्त्रालयले सरकारी संस्थानहरुलाई निर्देशन दिएपछि फण्ड तयार हुने भएको हो । फण्डमा नागरिक लगानी कोष, कर्मचारी स्ंचय कोष, बिमा संस्थान, नेपाल टेलिकम लगायतका संस्थाबाट पूँजी संकलन हुनेछ ।

बजारको अबस्था अनुसार संथागत लगानीकर्ताले जुनसुकै समयमा पनि शेयर खरिद बिक्री गर्ने अबस्था आउने भएकाले तयारी अवस्थामा रहन अर्थ मन्त्रालयले निर्देशन दिएको जानकारी धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले दिए ।

फण्डका लागि नेपाल धितोपत्र बोर्डको संयोजकत्वमा नेप्से, नागरिक लगानी कोष र संचय कोषका प्रतिनिधिहरु रहेको समिति समेत गठन भईसकेको छ । तर यस फण्ड मार्फत तत्कालै शेयर खरिद गर्ने भन्दा पनि बजारको आबश्यकता अनुसार मात्र शेयर खरिद गर्ने रणनीति बनाईदै गरेको जनाईएको छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।