भुकम्पको बहानामा मूल्य तल झरेको बेला कुन– कुन कम्पनीको शेयर हात पार्दैछन् लगानीकर्ता ?

May 27, 2015 Merolagani



भुकम्प गएको एक महिनापछि खुलेको नेपाल स्टक एक्सचेन्जमा चौथो दिन पनि शेयर मूल्य तीब्र रुपमा घट्ने क्रम जारी रही २२ अंकको गिरावट आएर नेप्से ८३८ को तहमा झरेको छ । कम्पनीका शेयर मूल्य झर्ने क्रम जारी रहँदा भुकम्पबाट बढी प्रभावित बनेका भनिएका निर्जिबन बिमा कम्पनीका शेयरहरु  उल्लेख्य संख्यामा अझै किनबेच हुन सकेका छैनन् भने राम्रा शेयर हात पार्ने लगानीकर्ताहरुको रणनीति सफल भईरहेको छ ।

 

मंगलबार ६८ कम्पनीको शेयर कारोबारमा आएकोमा बुधबार एउटा मात्र बढेर ६९ कम्पनीको शेयर किनबेच भए पनि कारोबार रकम घटेर १५ करोड २१ लाख रुपैयाँमा सिमित भएको छ । चिलिमे, सिद्दार्थ, सानिमा, माछापुच्छ्रे, एभरेष्ट, बैंक अफ काठमाडौले बढी रकमको कारोबार गरे पनि शेयर मूल्य बढ्नेमा यति बिकास बैंकसहित ६ वटा कम्पनी मात्र रहे । निर्जिबन बिमा कम्पनीमा भने शिखरसहित तीन वटाको मात्र शेयर किनबेच भएको छ । चार दिनको बीचमा नेप्सेमा एकसय अंकको क्षति भएको छ ।

अघिल्ला दिनहरुमा बढी मूल्य घटेका शेयरहरुमा खरिदकर्ता बढी देखिए पनि भर्खर किनबेच हुन थालेका कम्पनीहरुको मूल्य तीब्र रुपमा घटाउने प्रबृत्ति देखिएको छ । शेयर उठाउनेहरुले मूल्य औसतमा कम रहेका तर चालु आर्थिक बर्षको खुद नाफाबाट राम्रो बोनस शेयर बाड्न सक्ने संभावना रहेका सानिमा, सिद्दार्थ, माछापुच्छ्रे, नेपाल बंगलादेश, सिटिजन, चिलिमे जलविद्युत, बैंक अफ काठमाडौ, नेपाल ईन्भेष्टमेन्ट र सेन्चुरी बैंकका शेयरहरु बढी उठाईरहेका देखिएको छ ।

लगानीकार्ताले धेरै शेयर किनेका कम्पनी, शेयर संख्या र प्रति कित्ता अन्तिम मुल्य 

यी शेयरहरुमा जोखिम कम र लाभांशको संभावना बढी भएकाले अनुभवी ब्यक्तिगत लगानीकर्ता र सामुहिक लगानी कोषसहितका संगठित संस्थाहरु झुम्मिएका देखिएको छ । बैंक अफ काठमाडौको शेयर मूल्य सोमबार ४१४ रुपैयाँमा झरेर पनि बुधबार ४५४ रुपैयाँमा टिकेको छ भने अघिल्ला दिनहरुमा यस कम्पनीको शेयर सर्वाधिक धेरै संख्यामा किनबेच भएको थियो । सोमबार सानिमा, सिद्दार्थ, माछापुच्छ्रे जस्ता कम्पनीका शेयर सर्वाधिक संख्यामा किनबेच हुनुले मूल्य तल झरेको मौकामा राम्रो कम्पनीको शेयर हात पार्नेहरुको बोलबाला बढेको स्पष्ट देखिन्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।