निस्क्रिय कर्जाले चुर्लुम्मै डुबेको ललितपुर फार्इनान्सले संकटबाट पार पाउन निकाल्यो यस्तो जुक्ति

Jun 03, 2015 Merolagani

बैंक तथा बित्तीय संस्थाहरु निस्क्रिय कर्जाले थलिएपछि कि कर्जा उठाउँन लाग्छन् कि आपतबाट उत्रिन सहारा खोज्छन् । यी दुर्इटै काम गर्न नसक्नेहरु भने डुब्छन् । तर निस्क्रिय कर्जाले धरासायी नै बन्न लागेको ललितपुर फार्इनान्स(LFC)ले भने नयाँ जुक्ति निकालेको छ । उसले निस्क्रिय कर्जा असुली गरेर तत्काल आफु स्वस्थ बन्ने अबस्था नदेखेपछि आफ्नो सम्पति बेचेर संकटबाट पा्र पाउने बाटोमा लागेको छ । यसै अन्तर्गत उसले बेच्दैछ ललितपुर पुल्चोकको प्रार्इम लोकेशनमा रहेको मुल्यवान घरजग्गा । 

ललितपुर फार्इनान्स यस बर्षको तेस्रो त्रैमाससम्ममा जगेडा कोष २० करोडले ऋणात्मक, पूँजी कोष  ६.४२ प्रतिशले ऋणात्मक र प्रति शेयर आम्दानी २४ रुपैयाँ भन्दा बढीले ऋणात्मक भएपछि चरम संकटको अबस्थाबाट गुज्रिरहेको छ ।

 

 १८ करोड चुक्ता पुँजी रहेको फार्इनान्सले प्रबाह गरेको ९४ करोड भन्दा बढी कर्जा मध्ये अधिकांश समयमा नउठेर समस्यामा परेपछि कम्पनीमाथि राष्ट्र बैंकले सुधारका लागि तीब्र दबाब दिएको छ । फार्इनान्ससँग तरलता अनुपात धेरै भएकाले तत्काल आर्थिक संकट नदेखिए पनि निस्क्रिय कर्जा नै उसको टाउको दुखार्इको ठूलो बिषय बनेको छ । यसैबाट पार पाउन फार्इनान्सले पुल्चोकको प्रार्इम लोकेशनको साझा पेट्रोल पम्प अगाडिको युएन ह्याविट्याटको कार्यालय भाडामा बसेको मुल्यवान जग्गा बेच्न लागेको हो । 

सो स्थानको एक रोपनी एक आना जग्गा र त्यसमा बनेको तीन तले घर किन्न करोडौ रुपैयाँ भएको संस्था वा ब्यक्तिको खोजी थालिएको छ । सार्वजनिक सूचना जारी गरेर १५ दिने गोप्य सिलबन्दी बोलपत्र माग गरिएको छ । तर ठूला संस्थाहरु बाहेक अरुले यसमा आँट गर्नसक्ने अबस्था छैन । हालेको भुकम्पले धेरै राजधानीबासीलाई तर्साएको हुनाले जोखिमयुक्त क्षेत्रमा बनेका र अग्ला घरहरु किनबेच हुने संभावना कम छ । तर पुल्चोक जस्तो प्रार्इम लोकेशनको घरजग्गा भएकाले युएन ह्वाविट्याट जस्तै संस्थाहरु यसका लागि अग्रसर हुनसक्छन् ।

यो घरजग्गा बिक्री भएमा ललितपुर फार्इनान्सले तत्काल आफ्नो संकट मोचन गर्न  सक्नेछ । जगेडा कोष धनात्मक भई कक्पनीलाई सुधारको अरु धेरै मौका प्राप्त हुने छ । निस्क्रिय कर्जा असुलीमा प्रगति गर्नसके कम्पनीका लगानीकर्ताले फेरि हसिलो अनहार बनाउन सक्ने संभावनाम पनि उत्तिकै छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।