नेपाल लाइफले भुक्त्तानी गर्यो २ करोड विमा दावी

Jun 10, 2015 RSS



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भूकम्पका कारण ज्यान गुमाएका बिमितका परिवारलाई करिब दुई करोड भुक्तानी दिइसकेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार जीवन बिमा गर्नेमध्येबाट भूकम्पमा परी हालसम्म ३० वटा बिमा लेखको दाबी परेको र मृतकका परिवारलाई सहज हुने गरी घरघरमै भुक्तानी दिने गरिएको छ ।
उनले सकेसम्म बिमितका परिवार मर्कामा नपरुँन् भन्ने उद्देश्यले निवेदन परेकै दिन भुक्तानी दिने गरेको बताए ।


कम्पनीले जीवन बिमा लेख खरिद गरेका बिमितका परिवारलाई बिमाङ्क रकम, दुर्घटनाबापतको थप रकम र हालसम्मको बोनस गरी अहिलेसम्म रु एक करोड ९६ लाख नौ हजार ६९६ भुक्तानी गरिसकेको छ ।
कम्पनीको बालाजु शाखाका प्रमुख किरण पौडेलले बिमा दाबी कर्ताको निवेदन, मृत्यु दर्ता प्रमाणपत्र, बिमित र भुक्तानी पाउनेबीचको नाता प्रमाणपत्र र प्रहरी प्रतिवेदन पेस भए तत्काल भुक्तानी दिने व्यवस्था गरिएको जानकारी दिए ।
उनले बालाजु शाखाका बिमितमध्ये काठमाडौं गोङ्गबुमा मृत्यु भएका तनहुँ जिल्ला माझकोट–१ का लालबहादुर रानामगरको कम्पनीकै पहलबाट मृत्युदर्ता प्रमाणपत्र बनाउन लगाई मृतकका श्रीमती धलमाया थापालाई रु ३१ लाख ५२ दाबी भुक्तानी गरेको बताए ।
कम्पनीले छ लाख ५६ हजार २६८ नेपालमा रहेका र १० लाख २७ हजार १९५ वैदेशिक रोजगारमा लागेका व्यक्तिको जीवन बिमा लेख बिक्रीबाट ६२ हजार ७८६ करोड प्रिमियम सङ्कलन गरेको छ । रासस




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।