रिलायबल माईक्रोफाइनान्सद्धारा १ करोड ५० लाख रुपैयाँ बराबरको साधरण शेयर निष्काशन

Jul 07, 2015 Mero Lagani



लमजुङको बेसिसहरमा मुख्य कार्यालय रहेको रिलायबल  माईक्रोफाइनान्स (RMFL) ले १ लाख ५० हजार कित्ता साधाराँ सेयर निष्काशन गरेको छ । ईच्छुक लगानीकर्ताले न्युनतम्  ५० तथा अधिकतम् एक हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

 

 

यसमध्ये ७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बाडफाँड भइसकेको छ । त्यस्तै सस्थाका कर्मचारीलाई ३ हजार कित्ता सेयर सुरक्षित गरिएको छ । एक लाख ३९ हजार ५ सय कित्ता सर्वसाधारण लगानी कर्ताले पाउँछन् ।

यसमध्येसस्थापक समूहको ७० प्रतिसत अर्थात ३ करोड ५० लाख रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिसत अर्थात एक करोड ५० लाख रुपैयाँ बराबर लगानी हुनेछ । ३ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको शेयर निष्काशन पश्चात ५ करोड रुपैयाँ पुग्नेछ ।

लगानीकर्ताले सिभिल क्यापिटल कमलादी, रिलायबल  माईक्रोफाइनान्स लमजुङ, रिलायबल डेभलपमेन्ट बैंकका पाँच वटा शाखा, भार्गव विकास बैंक सुर्खेत, कञ्चन डेभलपमेन्ट बैंक कञ्चनपुर र बागमति डेभलपमेन्ट बैंक सर्लाहीमा सेयर आवेदन दिन सक्नेछन् । १० जिल्ला कार्यक्षेत्र रहेको यो कम्पनी रिलायबल डेभलपमेन्ट बैंकको सहायक कम्पनी हो ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।