
सानिमा बैंकले पनि वार्षिक सात प्रतिसत व्याजदरमा सात बर्षे अवधिको ७० करोडको ऋण पत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले सत्तरी हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले सार्वजनिक गरेको आब्हान पत्र अनुसार ऋणपत्रको विक्री आगामी साउन एक गते खुल्ला भएर साउन ५ गते बन्द हुनेछ । जारी गर्न लागिएको ७० करोड रुपैयाँको सात लाख कित्ता मध्ये सर्वसाधारणका लागि एक लाख ४० हजार कित्ता उपलब्ध हुनेछ । बाँकी पाँच लाख ६० हजार कित्ता सस्था तथा व्यक्तिलाई प्राइभेट प्लेसमेन्टबाट विक्रि गरिनेछ ।
एभरेष्ट्र बैंक लिमिटेड बार्षिक आठ प्रतिशत निश्चित ब्याज दिने गरी साठी करोडको छ बर्षे एभरेष्ट ऋणपत्र निष्काशन गरेको छ ।
यसअघि सिद्धार्थ बैंक लिमिटेडले बार्षिक ७.५ प्रतिशत ब्याजदरमा सात बर्षे अवधिको ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो । सिद्धार्थ बैंकले आङ्खनो पूँजी कोष बढाउन ऋणपत्र जारी गरेको थियो । त्यसभन्दा अगाडि सिद्धार्थले ८.५ प्रतिशत ब्याज दरको एसबीएल ऋण पत्र २०७२, ११ प्रतिशत ब्याज दरको एसबीएल डिबेन्चर २०७५ र ८ प्रतिशत ब्याजदरको एसबीएल डिबेन्चर २०७६ जारी गरिसकेको छ ।

त्यस्तै बैंक अफ काठमाडौले ६० करोड रुपैंया बरावरको ऋणपत्र निष्कासन गर्दैछ । विक्री प्रवन्धक एनएमबि क्यापिटल तोकिएको उक्त ऋणपत्रका लागि वार्षिक ८ प्रतिशत प्रतिफल पाइने र ७ बर्षका समयसिमा तोकिएको छ ।
यसभन्दा अगाडी एनएमबी बैंकले सात प्रतिशत ब्याजदरमा ५० करोड बराबरको, पाँच लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
लगानीकर्तालाई ऋणपत्र खरीद गर्दा हुने फाइदा
कम्पनीहरुले अर्धवाषिर्क र बार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गर्छन् । जसले गर्दा यस डिबेन्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि बार्षिक रुपमा दिने भनीएको ब्याज प्रदान गर्ने ग्यारेन्टी गरिएको छ ।
ऋणपत्रमा लगानी गर्दा लगानीकर्ता (ऋणपत्र धनी)ले कम जोखिममा वार्षिक रुपमा निश्चित प्रतिशत ब्याज प्राप्त गर्न सक्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरुमा भईंरहने ब्याज दर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन ।
कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ । कम्पनीले नोक्सानमा गएको बर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।
शेयरजस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सुचिकृत हुने हुदा सजिलै किनबेच गर्न सकिन्छ । अन्य बैंकहरुमा धितो राखेर ऋण लिन सकिने र निर्धारीत अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ ।
रकम फिर्ता हुने ऋणँपत्र (रिडिमेबल डिबेञ्चर) तोकिएको समयमा साँवा र ब्याज भुक्तानी गर्ने शर्तमा निष्कासन गरिएको हुन्छ, जसले गर्दा लगानीकर्ताले साँवा रकमसमेत फिर्ता पाउछन् ।
त्यसैगरी, कतिपय ऋणपत्र शेयरका रुपमा परिणत हुने खालका समेत हुन्छन् । तर, नेप्सेमा सूचीकृत भएका ऋणपत्रको कारोबार नभएकाले ती ऋणपत्रको मूल्य स्थिर रहन्छ ।
बैंकहरुमा रकम राख्दा बचत खाताहरुमा बढीमा ६ प्रतिशतसम्म बार्षिक ब्याज आम्दानी प्राप्त भईरहेको र अधिक तरलताको कारणले बाणिज्य बैंकहरुले हाल ब्याज दर घटाएको र थप निक्षेप लिन नचाहेको अबस्था देखिन्छ । बार्षिक रुपमा एकनासको आम्दानी ढुक्कले चाहने लगानीकर्ताहरुका लागि यो ऋण पत्र लगानीको उत्तम विकल्प हुने देखिएको छ ।