किन टुट्छन मर्जर प्रक्रिया

Jul 13, 2015 Mero Lagani



६८ सालमा मर्जर सम्बन्धी नीति आएसँगै ३ वर्षको अवधीमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने प्रक्रियाको लहरै आयो । हालसम्म यो प्रक्रियाबाट ८२ वित्तीय संस्था एक आपसमा गाभिएर ३३ मा झरीसकेका छन अझै कतिपय वित्तिय संस्थाहरु मर्जरको तयारीमा छन। तर पछिल्लो समय मर्जरको बाधकको रुपमा उच्च तहको पद मिलानलाई लिन थालिएको छ ।

 

 

राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई गाभिन प्रोत्साहन दिएपछि ८२ वित्तीय संस्था गाभिएर ३३ मा झर्दैछन् । तीमध्ये धेरैजसो मर्जरमा गइसकेको र केही अन्तिम प्रक्रियामा रहेको राष्ट्र बैंकको भनाइ छ । तर वित्तीय संस्था मर्ज हुनुअघि नै उच्च पदमा को रहने र को नरहने भन्ने विवादले उग्र रुप लिदा कतिपयको प्रक्रिया टुट्न पुगेको नेपाल राष्ट्र बैंकको प्रवत्ता डा मीन बहादुर श्रेष्ठको भनाइ छ ।

कतिपय सिइओ उच्च पद छाडेर मर्जरपछि तल्लो तहमा बस्न तयार देखिए पनि कतिपयले जागिर छाडेको बैंकरहरु बताउँछन्। अर्को मर्जर पछि सबैभन्दा ठूलो समस्या बन्दै आएको छ कर्मचारी पद मिलान हो ।

एउटा बैंकको सञ्चालक समितिमा बढीमा ९ जनासम्म रहन सक्छन । अझै प्रमुख कार्यकारी अधिकृतको पद त एउटामात्र हुन्छ । दुइटा मात्र बैंक मर्जरमा जाँदा १८ जनाको सञ्चालक समितिलाई ९ मा ल्याउनुपर्ने हुन्छ । दुई प्रमुख कार्यकारीमध्ये एकलाई मात्र राख्न सकिन्छ । कतिपय अवस्थामा प्रमुख कार्यकारिको पद मिलानको बिषय नमिल्ला मर्जर प्रक्रिया बिथोलिने गरेका राष्ट्र बैंक मर्जर विभागमा कार्यरत अनुज दाहालको अनुभव छ ।

दुई वित्तीय संस्था गाभिँदा सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कम वा बढी हुँदामात्रै पनि उच्च पदमा कुन समूहको प्रतिनिधित्व बढी हुने र कुनको कम भन्ने हुन सक्छ । मर्जर भाडिनुको अर्को कारण स्वाप रेसियो नमिल्दा पनि हो, साथै कर्मचारीको व्यवस्थापन पनि एउटा कारण हुनसक्छ बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल बताउछन। 

 

 

एउटाको सेयर मूल्य बढी र अर्कोको कम हुनेबित्तिकै थोरै सेयर मूल्य हुनेको प्रतिनिधित्व सञ्चालक समितिमा कम हुन्छ। यसको प्रभाव प्रत्यक्ष रुपमा सिइओमा पर्ने उनीहरुको भनाइ छ। ’जुन समूहको बढी पकड हुन्छ उसैले सिइओ राख्ने मान्यता छ,’ एक बैंकरले भने।

कतिपय संस्थामा सिइओ पद मिलान हुन नसक्दा मर्जर असफल भएका छन्। संस्था गाभिएपछि तिनका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत र अन्य उच्च पदमा को–को रहने भन्ने विवादले अधिकांश मर्जर तोडिएका छन्। हालैका दिनमा मात्र प्रभु बैंकले खरिद गरेको ग्राण्ड बैंकका उच्च तहका कर्मचारीहरुको कसरी व्यवस्थापन गर्ने भन्ने समस्या उत्पन्न भइरहेको छ ।

विश्व विकास बैंक र फेवा फाइनान्स मर्ज भएपछि विश्व विकास बैंकका सिइओ समिरशेखर बज्राचार्यलाई डेपुटी सिइओको कार्यभार दिइएको छ। सेवा र सुविधा नघट्ने गरी उनलाई उक्त पद दिइएको बैंकले बताएको छ।
यस्तै मर्जरका कारण ३९ सिइओहरुले जागिरबाट हात धुनुपर्ने अवस्था समेत आएको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।