कति आवेदन पर्यो अपि हाइड्रोमा ?

Jul 13, 2015 Mero Lagani



अपि हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको ३० लाख कित्ता प्राथमिक शेयरका लागि झण्डै ३० गुणा बढी आवेदन परेको छ । अपि पावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल क्यापिटलका प्रबन्ध निर्देशक मेख बहादुर थापाका अनुसार सोमबार बेलुका सम्म करिब ९ अर्ब रुपैयाँ बराबरको आवदेन परेको छ । 

 

अपीले सर्वसाधरणका लागि ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । जसमा ९ करोड कित्ताका लागि आवेदन परेको हो ।

अपी पावरले असार २५ गतेदेखि देखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गते भित्र इच्छुक लगानीकर्तालाई आवेदन दिन आग्रह गरेको थियो । आवेदकले १ सय रुपैंया अंकित दरले कम्तीमा ५० कित्तादेखि बढीमा १ हजार कित्ता शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

निष्कासन गरिएको मध्ये ९० हजार कित्ता कर्मचारीका लागि, सामूहिक लगानी कोषका लागि एक लाख ५० हजार कित्ता सेयर छुट्याइएको छ ।

 

कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवद्र्धकहरुले चुक्ता गरिसकेको छन भने १० करोड स्थानीयबाट उठाइएको छ । बाकी रहेको ३० करोड रुपैंया संकलनका लागि कम्पनीले साधारण शेयर निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैंया मध्ये १० प्रतिशत स्थानीयबासी र ३० प्रतिशत शेयर सर्वसाधारण्ँका लागि जारी गरेको हो ।

अपी पावर कम्पनीले दार्चुला र बैतडीको बीचबाट बग्ने नौगड गाड नदीमा ८ दशमलव ५ मेगावाटको नौगड गाड साना जलिवद्युत आयोजना निर्माण्ँ सम्पन्न गरि विद्युत उत्पादन सुरु गरिसकेको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरण्ँसंग विद्युत खरिद सम्झैता समेत गरिसकेको छ । साउनबाट उक्त नौगड गाड आयोजनाको विद्युत प्रधिकरण्ँलाई बिक्रि गर्दै आङ्खनो आम्दानी समेत सुरु हुने जनाएको छ । यसबाट यसका लगानीकर्ताले अर्को बर्षदेखि नै प्रतिफल पाउने विश्वास पनि कम्पनीले लिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।