एनएमबीसंग गाभीन क्लिन इनर्जीलाई पनि बाटो खुल्यो

Jul 14, 2015 Mero Lagani



झण्डै २ वर्षदेखि एनएमबी बैंकसंग गाभिने कोशिसमा रहेको क्लिन इनर्जी डभलपमेण्ट बैंकले अन्तत मर्जर प्रकृयालाई टुङगोमा पुर्याउने भएको छ । मंगलबार राजधानीमा सम्पन्न बैंककोे विशेष साधारण सभाले एनएमबी बैंकसग मर्जरमा जाने स्वकृति दिएको हो ।

क्लिन इनर्जी डेभलपमेण्ट बैंक, पाथिभरा विकास बैंक, भृकुटी डेभलपमेण्ट बैंक, प्रुडेन्सियल फाइनान्स र एनएमबी बैंक गाभिने सम्बन्धमा सञ्चालक समितीको प्रस्तावलाई विशेष साधारण सभाले पारित गरेको छ ।

एनएमबी बैंकसंगको मर्जर प्रकृया सुरु भएसंगै नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा क्लिन इनर्जीको शेयर कारोबार गत मंसिर १६ गतेदेखि रोक्का भएको छ । यस अघि एनएमबी बैैकले क्लिन इनर्जीसंगको मर्जर प्रकृया टुङ्गोमा पुग्न नसके पछि गत असोज १३ गते क्षेत्रीयस्तरमा सञ्चालित वित्तिय संस्थाहरु पथिभरा विकास बैंक, भृकुटी विकास बैंक र प्रुडेन्शियल फाइनान्सलाई आफुमा गाभ्ने सम्झौता गरेको थियो ।

पूँजी बृद्धि गर्ने अभियानमा बाणिज्य बैंक र ठूला कम्पनीहरुले साना कम्पनीहरुलाई आफुमा विलय गराउने क्रममा मर्ज र एक्विजिशनको प्रक्रिया अपनाउँदै छन् ।

 

..................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।