१० करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्दे गण्डकी विकास बैंक

Aug 02, 2015 Mero Lagani

 

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले १० करोड ५६ लाख रुपैयाँ बराबरकोृ हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको शनिवार सम्पन्न भएको विशेष साधारण सभाले चुक्ता ३० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी ३५ करोड २० लाख रुपैयाँ रहेको छ ।

 

ह्कप्रद शेयर वितरण पश्चात बैंकको कुल चुक्तापूँजी ४५ करोड ७६ लाख रुपैयाँ पुग्ने भएको छ।साथै बैंकको विशेष साधारणसभाले बैंकको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गरी प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

बैंकले आथिर्क बर्ष २०७१/७२ मा १७ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो। जुन गत आथिर्क बर्षको तुलनामा ३९ प्रतिशतले बढी हो ।यस अवधिमा बैंकले ४ अर्व ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। साथै अहिले बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव १३ प्रतिशत मात्र रहेको छ ।

१० जिल्ला कार्यक्षेत्र रहेको बैंकले विभिन्न २० शाखा कार्यालय र केन्द्रीय कार्यालय समेत गरी कुल २१ स्थानवाट कारोवार संचालन गर्दे आएको छ ।

 

......................................................................................................................................................................

तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।