साना किसान र छिमेकले कस्तो गरे कमाई ?

Aug 10, 2015 Merolagani



लघुबित्त क्षेत्रका साना किसान बिकास बैंक(SKBBL) र छिमेक लघुवित्त बिकास बैंक(CBBL)ले गत आर्थिक बर्षमा खुद नाफामा लोभलाग्दो बढोत्तरी गरेका छन् । साना किसान बिकास बैंकले गत आर्थिक बर्षमा  १५ करोड रुपैयाँ खुद नाफा कमाएर अघिल्लो आर्थिक बर्षको तुलनामा ३५ प्रतिशतले बढोत्तरी गरेको छ भने छिमेकले दोब्बर भन्दा बढीले खुद नाफा बढाएर २८ करोड ७४ लाख पुर्याएको छ । 

प्रति शेयर आम्दानीको हिसाव गर्दा साना किसानको ६७ र छिमेकको १०१ रुपैयाँ नाघेको छ । २३ करोड चुक्ता पूँजी रहेको साना किसानको जगेडा कोष ७८ करोड नाघेको छ भने २८ करोड चूक्ता पूँजी रहेको छिमेकको जगेडा कोष ५५ करोड नाघेको छ ।


साना किसान बिकास बैंकले गत बर्षको खुद नाफाबाट केही पनि वितरण नगरी ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो तर त्यो अझै निश्काशन हुन सकेको छैन । दुबै लघुवित्तहरुले यस बर्ष आकर्षक बोनस शेयर दिनसक्ने छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।