नागरिक दैनिकमा बिष्णु बेल्बासे लेख्छनः लघुवित्त बैंकहरुको चुक्ता पूँजी कम भएको भन्दै दुई बर्ष भित्र चार गुणा पुर्याउन लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा लघुवित्त कमपनीहरुको चुक्ता पूँजी बढाउने उल्लेख गरिएको छ । राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीले मौद्रिक नीतिमा उल्लेख भए अनुसार लघुवित्तको चूक्ता पूँजी बढाउने गृहकार्य भईरहेको जानकारी दिएका छन् । तर उनले कति पूँजी बढाउने भन्ने निर्णय भई नसकेको बताए । राष्ट्रियस्तरका लघुवित्त बैंकहरुको चुक्ता पूँजी ४० करोड हुनुपर्ने गरी तोकिनसक्ने बताईएको छ । अहिले त्यसको सिमा १० करोड मात्र छ ।
लघुवित्त बिकास बैंकका अधिकारीहरुले भने दुई बर्षमा चार गुणा पूँजी बृद्धि गर्न नसकिने अडान लिएका छन् ।