लघुवित्तहरुको पनि पूँजी चार गुणाले बढाउने तयारी ?

Aug 10, 2015 Merolagani



बैंक तथा बित्तीय संस्थाहरुको चुक्ता पूँजी चार गुणा बढाउने निर्णय गरेर चर्चामा रहेको नेपाल राष्ट्र बैंक फेरि अर्कागरी संस्थाहरुको पूँजी चार गुणा बढाउने तयारीमा जुटेको छ । नागरिक दैनिकमा छापिएको समाचार अनुसार राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको चुक्ता पूँजी आगामी दुई बर्ष भित्रमा चार गुणाले बढाउनुपर्ने गरी नयाँ प्रावधान लागु गर्ने तयारी गरेको छ । 

नागरिक दैनिकमा बिष्णु बेल्बासे लेख्छनः लघुवित्त बैंकहरुको चुक्ता पूँजी कम भएको भन्दै दुई बर्ष भित्र चार गुणा पुर्याउन लागेको हो ।


राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा लघुवित्त कमपनीहरुको चुक्ता पूँजी बढाउने उल्लेख गरिएको छ । राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीले मौद्रिक नीतिमा उल्लेख भए अनुसार लघुवित्तको चूक्ता पूँजी बढाउने गृहकार्य भईरहेको जानकारी दिएका छन् । तर उनले कति पूँजी बढाउने भन्ने निर्णय भई नसकेको बताए । राष्ट्रियस्तरका लघुवित्त बैंकहरुको चुक्ता पूँजी ४० करोड हुनुपर्ने गरी तोकिनसक्ने बताईएको छ । अहिले त्यसको सिमा १० करोड मात्र छ ।


लघुवित्त बिकास बैंकका अधिकारीहरुले भने दुई बर्षमा चार गुणा पूँजी बृद्धि गर्न नसकिने अडान लिएका छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।