प्रतिशेयर आम्दानी १ सय १ रुपैया पुर्याउने कम्पनी कुन होला ?

Aug 10, 2015 Mero Lagani



गत आर्थिक वर्षमा १३१६ देखि १८८७ रुपैंया सम्ममा प्रतिकित्ता शेयर किनबेच भएको छिमेक लघुवित्त विकास बैंकले एकै वर्षमा प्रतिशेयर आम्दानी दोब्बर मात्रामा बढाएको छ । नाफा मात्रै १ सय २३ प्रतिशतले बढाएको CBBL बैंकले गत आर्थिक वर्षमा २८ करोड ७४ लाख रुपैंया कमाएको छ ।

अघिल्लो वर्ष बैंकको प्रतिशेयर आम्दानी ६१ रुपैंया ४२ पैसा रहेकोमा गत वर्ष त्यसमा ३९ रुपैंया ९२ पैसाले सुधार आएको हो । यस पछि बैंकको प्रतिशेयर आम्दानी १ सय १ रुपैंया ३४ पैसा पुगेको छ । यो वृद्धि अघिल्लो वर्षको तुलनमा ६५ प्रतिशतले बढी हो ।

CBBLछिमेक लघुबित्त विकास बैंकले आर्थिक वर्ष २०७१/७२ मा अघिल्लो वर्षको तुलनामा झण्डै १ सय २३ प्रतिशत बढी नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण अनुसार खुद नाफा २८ करोड ७४ लाख ८८ हजार रुपैंया छ । अघिल्लो वर्ष बैंकको खुद नाफा १२ करोड ९० लख ६० हजार रुपैंया रहेकोमा गत वर्ष १५ करोड ८४ लाख २८ हजार रुपैंयाले नाफा बढाएको हो ।

उक्त अवधिमा बैंकले निष्कृय कर्जा अनुपातमा पनि सामान्य सुधार गरेको छ । गत वर्ष शुन्य दशमलव शुन्य तीन प्रतिशतमा रहेको निष्कृय कर्जा अनुपात गत वर्ष बैंकले शुन्य दशमलव शुन्य दुई प्रतिशतमा झरेको छ । यसले पनि बैंकको आर्थिक अवस्था सुधार गर्न मद्धत प’र्याएको छ ।

२८ करोड ३६ लाख ८९ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको पूँजीकोष अनुपात ११ दशमलव शुन्य नौ प्रतिशत रहेको छ । उक्त अवधिमा बैंकले ४ अर्व ९५ करोड ६७ लाख २० हजार रुपैंया निक्षेप संकलन तथा ७ अर्व ६१ करोड ४१ लाख २१ हजार रुपैंया कर्जा प्रवाह गरेको छ ।

बैंककको प्रतिशेयर आम्दानी १ सय १ रुपैंया ३४ पैसा पैसा छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैंया ९६ पैसा रहेको छ ।

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




निफ्राले गर्यो नगद लाभांश घोषणा

Sep 05, 2025 10:17 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।