प्राईम बैंकले कसरी कमायो ८० करोड खुद नाफा ?

Aug 11, 2015 Merolagani



प्राईम कमर्शियल बैंक(PCBL)ले गत आर्थिक बर्षमा ८० करोड खुद नाफा गरेर प्रति शेयर आम्दानी २५ रुपैयाँ नघाएको छ । तीन अर्ब १४ करोड चुक्ता पूँजी रहेको बैंकले अघिल्लो आर्थिक बर्षमा भन्दा २५ करोडले खुद नाफा बढाउन सकेको छ । बैंकले निस्क्रिय कर्जा अनुपातलाई पनि २.४३ बाट १.७५ मा झारेर आफुलाई सुधारको मध्यमार्गमा उभ्याएको छ । 

प्राईमले ब्याज आम्दानी अघिल्लो बर्षको भन्दा ३७ करोडले र संचालन नाफा ३६ करोडले बढाएको छ । यो नै बैंकको खुद नाफा बढ्नुको मुख्य आधार रहेको देखिएको छ । बैंकले निस्क्रिय कर्जा जोखिम वापत ३१ करोड प्रोभिजन गरेर २१ करोड राईट ब्याक गर्न सकेको छ । बैंकको निक्षेप बढेर ४१ अर्ब पुग्दा कर्जा ३२ अर्ब मात्र छ । तरलता २९ प्रतिशत माथि रहेकाले लगानी बिस्तार गरी चालु आर्थिक बर्षमा बैंकले अरु धेरै कमाउँन सक्ने आधार छ ।

अन्य आधारभुत सूचक तर्फ मूल्य आम्दानी अनुपात १७.८३ गुणा, प्रति शेयर नेटवर्थ १४० रुपैयाँ र प्रति शेयर सम्पतिको मूल्य १४७४ रहेको छ । बैंकको पूँजी कोष १२.३५ रहेको छ ।

बैंकको जगेडा कोषमा एक अर्ब २७ करोड मात्र रहेकाले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब पुर्याउन ठूलो परिमाणमा हकप्रद शेयर जारी गर्ने वा अन्य बैंक तथा बित्तीय संस्थाहरुलाई मर्ज, एक्विजिशन गर्नुपर्ने बाध्यतामा बैंक परेको छ । नारायणी नेशनल फाईनान्स जस्ता कम्पनीहरु प्राईममा मिसिन चाहे पनि मर्जको सम्झौता हुन ढिलाई भएको छ । बैंकमा नेवार समुदायका प्रोमोटरहरुको बाहुल्यता छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।