बैंकहरुले चुक्तापूँजी बढाउँन जगेडाकोष उपयोग गर्न पाउने कि नपाउने ?

Aug 11, 2015 Mero Lagani



नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत बैंक तथा बित्तीय संस्थाहरुले चार गुणा पूँजी बढाउनुपर्ने बाध्यकारी ब्यवस्था गरेको छ । यसले एकातिर बैंकिङ क्षेत्रमा हलचल पैदा गरेको छ भने अर्को तर्फ बैंकहरुले आफ्नो जगेडा कोषमा रहेको रकमलाई पूँजी बृद्धिमा उपयोग गर्न पाउने कि नपाउने भन्ने गंभीर चासो पनि लगानीकर्ताहरुमा बढाई दिएको छ ।

चुक्तापूँजी भन्दा बढि रकम जगेडा कोषमा राखेका कतिपय बैंकहरु जगेडा कोषको रकम थपेर भएपनि पूँजी पुर्याउने योजनामा लागेका छन । कतिपय लगानीकर्ताहरुलाई पनि लागेको हुनसक्छ, जगेडा कोषमा रकम धेरै भएका बैंकहरुले बोनस शेयर पनि धेरै दिनेछन् । तर नेपाल राष्ट्र बैंकले चुक्तापूँजी बढाउदा जगेडा कोषमा रहेको रकम उपयोग गर्न नपाउने स्पष्ट गरेकाले जगेडा कोषबाट बोनस शेयर पाउने र पूँजी थप्न सकिनेहरुको सोचाई गलत सावित भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले मेरोलगानीसगको कुराकानीमा बैंकहरुले जगेडाकोषमा राखेको रकम चुक्तापूँजी बृद्धिका लागि बोनस शेयर बितरणमा समावेश गर्न नपाउने बताएका हुन । जगेडाकोषको रकम चुक्तापूँजीमा समावेश गर्न नपाउने भएपछि जगेडाकोषमा यथेष्ट्र रकम भएका बैकहरुलाई थप कसरत गनुपर्ने देखिएको छ ।

राष्ट्र बैंकले चुक्तापूँजी वृद्धिका लागि बैंकहरुले नयाँ लगानीकर्ता भित्र्याउन सक्ने, वैदेशिक लगानीकर्ता तथा साझेदार खोज्न सक्ने वा भएका लगानीकर्ताहरुलाई नै हकप्रद शेयर जारी गरी लगानी थप्न लगाउने विकल्प उपयोग गर्न सक्ने बताएको छ । साथै केन्द्रिय बैंकले मर्जरलाई र्नै बढी उपयोग गर्न जोड दिएको छ । 

त्यस्तै गत बर्ष र आगामी दुई बर्षको खुद नाफाबाट बोनश शेयर जारी गरेर पूँजी बृद्धि गर्न सकिने छ । बैंकहरुले आथिक बर्ष २०७३।०७४ को खुद नाफालाई पनि पूँजी बृद्धि योजनामा समाबेश गर्न पाउने राष्ट्र बैंकले स्पष्ट गरिसकेको छ ।

राष्ट्र बैंकको पूँजी बृद्धि योजना अन्तर्गत बाणिज्य बैंकले आठ अर्ब, राष्ट्रियस्तरको बिकास बैंकले दुई अर्ब ५० करोड, चारदेखि १० जिल्ले कार्यक्षेत्र भएका विकास बैंकले एक अर्ब २० करोड, राष्ट्रिस्तरको फाइृनान्स कम्पनीले ८० करोड र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका बिकास बैंकले ४० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने भएको छ ।
राष्ट्र बैंकले यही भाद्र महिना भित्र पूँजी योजना पेश गर्न निर्देशन जारी गर्दै दुई बर्ष भित्रमा तोकिएको पूँजी कायम नगरे हुने कारबाहीको ब्यहोरा पनि स्पष्ट गरिसकेको छ ।

 ...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।