कारोबार बढाएर, मर्ज तथा एक्वीजीशनमा गएर बैंकको आकार अनुसार केही हदसम्म कमाइ बढे पनि निक्षेप र कर्जाको व्याजदर अनुपात स्प्रेड दरमा लगाइएको लगामले बैंकहरुको व्यवशाय पनि केही हदसम्म खुम्चिएको हो । जसको असर बैंकको खुद व्याज आम्दानीमा पर्दा खुद नाफामा पनि देखिएको हो ।
कुन बैंकको कमाइ कति ?
राष्ट्रिय वाणिज्य बैंक : पहिलो
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा सबै भन्दा धेरै अर्थात ४ अर्व ५० करोड १५ लाख रुपैंया खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०६८/६९ मा १ अर्व ४४ करोड ६२ लाख रुपैंया खुद नाफा कमाएर तेस्रो स्थानमा बसेको बैंक आर्थिक वर्ष २०६९/७० मा १ अर्व ५१ करोड ७५ लाख रुपैंया खुद नाफा कमाउँदै चौथो स्थानमा रहेको थियो । अघिल्लो आर्थिक वर्षमा १ अर्व ६६ लाख रुपैंया खुद नाफा कमाएर तेस्रो स्थान ओगटेको बैंक गत आर्थिक वर्षमा पहिलो बन्न सफल भएको हो । गत आर्थिक वर्षमा ६ अर्ब ५२ करोड २ लाख ३९ हजार रुपैंया खुद ब्याज आम्दानी गरेको बैंकको आधार दर ६ दशमलव ७ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ६१ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको मध्यसम्ममा बैंकले ३ अर्व रुपैंया बराबरको आइपीओ समेत जारी गर्दैछ । यो पनि पढ्नुहोस् । ३ अर्व रुपैंयाको साधारण शेयर दशैं अगाडी निष्काशन गर्छौं : कृष्ण प्रसाद शर्मा, सीइओ, राष्ट्रिय वाणिज्य बैंक
नबिल बैंक : दोस्रो
अघिल्लो आर्थिक वर्षमा खुद नाफाका आधारमा पहिलो स्थानमा रहेको नबिल बैंक गत आर्थिक वर्षमा २ अर्व ९ करोड ८६ लाख रुपैंया कमाएर दोस्रो स्थानमा बसेको छ । आर्थिक वर्ष २०६८/६९ मा १ अर्व ७१ करोड ८० लाख तथा आर्थिक वर्ष २०६९/७० मा २ अर्व २१ करोड ८७ लाख रुपैंया कमाएर बैंक दोस्रो स्थानमा रहेकोमा आर्थिक वर्ष २०७०/७१ मा २ अर्व ३१ करोड ९६ लाख रुपैंया कमाएर नबिल पहिलो स्थानमा थियो । बैंकले गत आर्थिक वर्षमा ३ अर्व ५२ करोड ६२ लाख रुपैंया व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । नबिल र लक्ष्मी बैंक किन गए ओरालोतिर ? खुद नाफामा उल्लेखनीय गिरावट
नेपाल इनभेष्टमेण्ट बैंक : तेस्रो
अघिल्लो आर्थिक वर्षमा १ अर्व ९३ करोड ९६ लाख रुपैंया खुद कमाएर दोस्रो स्थानमा रहेको नेपाल इनभेष्टमेण्ट बैंक गत आर्थिक वर्षमा १ अर्व ९६ करोड ४२ लाख रुपैंया कमाएर पनि तेस्रो स्थानमा रहेको हो । आर्थिक वर्ष २०६८/६९ र २०६९/७० मा बैंकले १ अर्व ३१ करोड ८२ लाख तथा १ अर्व ९१ करोड ५० लाख रुपैंया खुद नाफा कमाएर क्रमशः चौथो र तेस्रो स्थानमा रहेको थियो । गत आर्थिक वर्षमा बैंकले २ अर्व ९७ करोड ८७ लाख रुपैंया व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । राष्ट्र बैंकको कडा उर्दी आउँदा पनि किन रत्तिभर चिन्ता छैन ईन्भेष्टमेन्ट बैंकलाई ?

कृषि विकास बैंक : चौथो
आर्थिक वर्ष २०६८/६९ र २०६९/७० मा क्रमश १ अर्व ८६ करोड १० लाख र २ अर्व २५ करोड ९९ लाख रुपैंया खुद नाफा कमाएर पहिलो स्थानमा रहेको कृषि विकास बैंक गत आर्थिक वर्षमा चौथो स्थानमा झरेको हो । गत आर्थिक वर्षमा १ अर्व ८७ करोड ६१ लाख रुपैंया खुद नाफा कमाएको बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्व ५० करोड ९४ लाख रुपैंया नाफा गरि पाँचौं स्थानमा झरेको थियो । गत आर्थिक वर्षमा बैंकले ५ अर्व २१ करोड ७३ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । कृषि विकास बैंकको प्रतिशेयर आम्दानी घट्यो,नाफा भने बढ्यो
एभरेष्ट बैंक : पाँचौं
अघिल्लो आर्थिक वर्षमा १ अर्व ५४ करोड ९६ लाख नाफा कमाएर चौथो स्थानमा रहेको एभरेष्ट बैंक गत आर्थिक वर्षमा १ अर्व ५७ करोड ४३ लाख रुपैंया नाफा कमाएर पाँचौं स्थानमा पुगेको छ । आर्थिक वर्ष २०६८/६९ मा १ अर्व ९ करोड ५ लाख रुपैंया कमाएर छैठौं स्थानमा रहेको बैंक आर्थिक वर्ष २०६९/७० मा १ अर्व ४७ करोड ११ लाख रुपैंया कमाएर पाँचौं स्थानमा उक्लिएको थियो । गत आर्थिक वर्षमा बैंकले २ अर्व ८७ करोड ९४ लाख रुपैंया व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । लगानीकर्ताको चासो : एभरेष्ट बैंक, बोनस शेयर आउला कि नआउला ?
स्ट्याण्डर्ड चार्टर्ड बैंक : छैठौं
आर्थिक वर्ष २०६८/६९ मा १ अर्व १६ करोड ८९ लाख रुपैंया खुद नाफा कमाएर पाँचौं स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक त्यस पछिका तीनवटै आर्थिक वर्षमा छैंठौं स्थानमा रहेको छ । आर्थिक वर्ष २०६९/७० मा १ अर्व २१ करोड ७९ लाख र आर्थिक वर्ष २०७०/७१ मा १ अर्व ३३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १ अर्व २९करोड ४८ लाख रुपैंया खुद नाफा गरेर छैठौं स्थानमा रहेको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्व ९१ करोड ३५ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । के स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्ट्यान्डर्ड घटेकै हो त ?
हिमालयन बैंक : सातौं
अघिल्लो आर्थिक वर्षमा ९५ करोड ९१ लाख रुपैंया खुद नाफा कमाएर नवौं स्थानमा रहेको हिमालयन बैंक गत आर्थिक वर्षमा १ अर्व ९ करोड ५५ लाख रुपैंया खुद नाफा कमाएर सातौं स्थानमा उक्लिएको हो । आर्थिक वर्ष २०६८/६९ र २०६९/७० मा बैंकले क्रमश १ अर्व ५ करोड २५ लाख र १ अर्व २ करोड ४४ लाख रुपैंया कमाएर सातौ स्थानमा कब्जा जमाएको थियो । बैंकले गत आर्थिक वर्षमा २ अर्व ६७ करोड २ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । हिमालयनको नाफा पनि अर्ब बढि, खराब कर्जा भने झण्डै दोब्बर वृद्धि, कति बाड्ला बोनस ?
नेपाल एसबीआइ बैंक : आठौं
आर्थिक वर्ष २०६८/६९ मा ४७ करोड ५६ लाख रुपैंया खुद नाफा कमाएर एघारौं स्थानमा रहेको नेपाल एसबीआइ बैंक गत आर्थिक वर्षमा मिलिनियर क्लवमा प्रवेश गर्दै १ अर्व ६ करोड ५४ लाख रुपैंया नाफा गरी आठौं स्थानमा उक्लिएको हो । आर्थिक वर्ष २०६९/७० मा ७७ करोड १४ लाख रुपैंया खुद नाफा गरेको बैंकले अघिल्लो आर्थिक वर्षमा ९२ करोड २९ लाख रुपैंया खुद गरि दुवै आर्थिक वर्षमा दशौं स्थानमा रहेको थियो । गत आर्थिक वर्षमा बैंकले २ अर्व ४ करोड ७४ लाख रुपैंया खुद व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । एक अर्ब बढि नाफा कमाउने बैंकको सूचीमा एसबिआई पनि थपियो
प्रभु बैंक : नवौं
आर्थिक वर्ष २०६८/६९ मा एक लाख रुपैंया कमाएर २४ औं स्थानमा रहेको तत्कालीन किष्ट बैंक आर्थिक वर्ष २०६९/७० मा ८९ हजार रुपैंया खुद नोक्सान व्यहोर्दै ३० औं स्थानमा झरेको थियो । अघिल्लो आर्थिक वर्षमा प्रभु बैंक बने पछि पनि २४ लाख रुपैंया नोक्सान व्यहोर्दै प्रभु उनान्तीसौं स्थानमा उक्लिएको थियो । गत आर्थिक वर्षमा १ अर्व ३ करोड रुपैंया खुद नाफा कमाउँदै प्रभु बैंक नवौं स्थानमा उक्लिएको हो । गत आर्थिक वर्षमा बैंकले १ अर्व ५४ करोड रुपैंया खुद व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । प्रभु बैंकले यसरी गर्यो चमत्कारिक सुधार, सनराईजले आशा मात्रै देखायो
ग्लोबल आइएमइ बैंक : दशौं
आर्थिक वर्ष २०६८/६९ र २०६९/७० मा क्रमश ३ लाख तथा ६ लाख रुपैंया खुद नाफा गरी तेह«ौं स्थानमा रहेको बैंक अघिल्लो आर्थिक वर्षमा ९७ करोड ४० लाख रुपैंया नाफा कमाउँदै आठौं स्थानमा उक्लिएको थियो । गत आर्थिक वर्षमा १ अर्व खुद नाफा कमाएर दशौं स्थानमा ओर्लिएको बैंकले २ अर्व २८ करोड रुपैंया खुद व्याज आम्दानी गरेको छ । यो पनि पढ्नुहोस् । एक अर्ब खुद नाफा नघाउने ग्लोबल आईएमईलाई आठ अर्ब पुर्याउन चिन्ता छैन केही !

कुन बैंकको व्याज स्प्रेड दर कति ?
राष्ट्र बैंकले निक्षेप र कर्जा प्रवाहको व्याज अन्तर ५ प्रतिशत भन्दा धेरै राख्न नपाउने व्यवस्था गरे पछि बैंकहरुले व्याज आम्दानीमा गिरावट झेल्न बाध्य भए । यस क्रममा अघिल्लो आर्थिक वर्षमा व्याज स्प्रेड दरका आधारमा चौधौं स्थानमा रहेको ग्राण्ड बैंक गत आर्थिक वर्षमा पहिलो स्थानमा आइपुगेको छ ।
त्यसैगरि अघिल्लो आर्थिक वर्षमा दोस्रो स्थानमा रहेको कृषि विकास बैंक गत आर्थिक वर्षमा पनि दोस्रो स्थानमा नै रहेको छ । अघिल्लो आर्थिक वर्षमा बाह«ौं स्थानमा रहेको नेपाल एसबीआइ बैंक गत आर्थिक वर्षमा तेस्रो स्थानमा उक्लिएको छ भने अघिल्लो आर्थिक वर्षमा पहिलो स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक गत आर्थिक वर्षमा चौथो स्थानमा ओर्लिएको छ ।
त्यसै गरि अघिल्लो आर्थिक वर्षमा तेह«ौं स्थानमा रहेको नेपाल बैंक लिमिटेड गत आर्थिक वर्षमा पाँचौं स्थानमा उक्लिएको छ । अघिल्लो आर्थिक वर्षमा सातौं स्थानमा रहेको प्रभु बैंक गत आर्थिक वर्षमा एक स्थान तल झरेर छैठौं स्थानमा उक्लिएको छ ।
उता अघिल्लो आर्थिक वर्षमा चौथो स्थानमा रहेको एभरेष्ट बैंक गत आर्थिक वर्षमा सातौं स्थानमा झरेको छ भने अघिल्लो आर्थिक वर्षमा पाँचौं स्थानमा रहेको नेपाल इनभेष्टमेण्ट बैंक गत आर्थिक वर्षमा आठौं स्थानमा झरेको छ ।
अघिल्लो आर्थिक वर्षमा अठारौं स्थानमा रहेको नेपाल बंगलादेश बैंक गत आर्थिक वर्षमा नवौं स्थानमा उक्लिएको छ भने एघारौं स्थानमा रहेको सिद्धार्थ बैंक पनि दशौं स्थानमा उक्लिएको छ ।

एनबी र एनएमबीमा कसले गरे राम्रो कमाई ?
नेपाल बैैंकको नाफा १९ करोडले घट्यो, प्रतिशेयर आम्दानी ८ रुपैंयामा सिमित !
यस्तो छ माछापुच्छ्रे, एनआइसी एशिया, र कुमारी बैंकको प्रगति, किन एनआइसी एशियाको नाफा घट्यो ?
प्राईम बैंकले कसरी कमायो ८० करोड खुद नाफा ?
ग्राण्ड झन् गहिरो खाडलमा, जनताले धेरै उत्साहित बनाउन सकेन
...................................................................................................................................................................
तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।